१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
*लोसपाको मधेश प्रदेश सभा संसदीय दलका नेता अभिराम शर्मा ।
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २० बिहीबार o६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

असइ थमन विक हत्या प्रकरण : फरार सांसद शर्माको सेवा–सुविधा रोक्का

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५२:oo

सशस्त्र प्रहरी बलका असइ थमन विकको हत्या मुद्दामा जन्मकैद सजाय पाएका लोसपाको मधेश प्रदेश सभा संसदीय दलका नेता अभिराम शर्माको सेवा–सुविधा रोक्का भएको छ । माघदेखि सांसद शर्माको सेवा–सुविधा रोक्का गरिएको मधेश प्रदेश सभा सचिवालयले जनाएको छ । 

महोत्तरी जिल्ला अदालतको २८ मंसिरको इजलासले असइ विकको हत्या प्रकरणमा शर्मासहित सातजनालाई जन्मकैद फैसला सुनाएको थियो । प्रदेश सभा सचिवालयले १४ माघमा एक व्यक्तिले सांसद शर्माविरुद्ध अदालतले गरेको जन्मकैदको फैसलासहित सेवा–सुविधा तथा पद निलम्बनसहितको उजुरी दिइएपछि सचिवालयले उनको सेवा–सुविधा रोक्का गरेको हो । शर्माले पुस मसान्तसम्मको सेवा–सुविधा पाइसकेका छन् । 

सांसद पदबाट अझै भएनन् निलम्बन 
सेवा–सुविधा रोकिए पनि सांसद पदबाट उनी अझैसम्म निलम्बनमा भएका छैनन् । अदालतबाट फैसलासहितको पत्र सचिवालयमा आएपछि वा फैसला उच्च अदालत जाने म्याद समाप्त भएपछि मात्र शर्मालाई निलम्बन गर्न सकिने प्रदेश सभामुख रामचन्द्र मण्डलले बताए । जिल्ला अदालतको फैसला आएदेखि शर्मा फरार छन् । शर्मा फरार अवस्थामा रहे पनि उनलाई लोसपाले संसदीय दलको नेताबाट हटाएको छैन । 

शर्मा महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेश सभा १ बाट मधेश प्रदेशमा दोस्रोपटक प्रत्यक्ष निर्वाचित भएका हुन् । यसअघि ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका शर्मा मुख्यमन्त्री लालबाबु राउतको सरकारमा सामाजिक विकास राज्यमन्त्रीसमेत थिए । 

(*नयाँ पत्रिकामा प्रकासित समाचारमा सशस्त्र प्रहरी बलका असइ थमन विकको हत्या मुद्दामा जन्मकैद सजाय पाएका लोसपाको मधेश प्रदेश सभा संसदीय दलका नेता अभिराम शर्माको तस्बिरकाे स्थानमा साेही मुद्दामा जन्मकैद सजाय पाएर जेल चलान भएका जलेश्वर नगरपालिका- ९ निवासी मोहन ठाकुरको तस्बिर पर्न गएकाेमा क्षमायाचनासहित सच्याइएकाे छ। -स‌‍‍म्पादक)

ad
ad