१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २४ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ २४ बुधबार १२:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

प्रदूषण कम गर्ने केही उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २४ बुधबार १२:१४:oo

प्रदूषणका कारण मानिसमा विभिन्न समस्या देखिन्छन् । तर, जीवनमा थोरै परिवर्तन ल्याएर यसको असर कम गर्न सकिन्छ । हामीले टेकेको धर्तीसँग हाम्रो जीवन जोडिएको हुनाले यसको रक्षाका लागि हामीले केही कुराहरू ख्याल गर्नुपर्ने हुन्छ । 

  • प्लास्टिकका सामग्रीको कम प्रयोग गरौँ । पानीको बोतल प्रयोग गर्दा वातावरणलाई दूषित गरिरहेको हुन्छ । हामीले यसको प्रयोग गर्न छाड्नुपर्छ । 
  • धर्तीमा ७१ प्रतिशत पानी भए पनि ताजा पानीका स्रोत कम छन् समुद्रको पानी नुनिलो हुन्छ । ताजा पानीका स्रोत कम छन् । तसर्थ, नुहाउँदा, शौचालयको प्रयोजन, भाँडा माझ्दा कमभन्दा कम पानीको प्रयोग गर्नुपर्छ । अनावश्यक रूपमा धारा खोलेर पानी खेर फाल्नु हुँदैन । 
  • हामीले प्रयोग गर्ने सवारीबाट निस्कने धुवाँले वातावरणलाई असर गरिरहेको हुन्छ । यस कुरालाई हामीले हेक्का राख्नुपर्छ । सवारीको प्रयोग बढाउनुको साटो कम गर्नु हाम्रो दायित्व हो । यसका लागि सार्वजनकि सवारीको प्रयोगलाई बढावा दिनुपर्छ ।
  • घरका कोठामा विभिन्न बिरुवा लगाउन सकिन्छ । इन्डोर प्लान्टस्ले कोठाभित्र स्वच्छ हावा प्रवाह गर्छ । कोठाको सुन्दरता पनि बढाउँछ । त्यस्तै, घरबाहिर रूख रोप्न सकिन्छ । 
ad
ad
ad
ad