१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ २४ बुधबार १२:०५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गुरुङ संस्कृति नियाल्न घलेगाउँ

Read Time : < 1 मिनेट
२०८० माघ २४ बुधबार १२:०५:००

पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेज हुँदै सुखी गाउँको रूपमा परिचित छ । गाउँमा सुशासन कायम, पर्यटकलाई आवश्यक विभिन्न भौतिक सुविधाको उपलब्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षणलगायतका विभिन्न मापदण्ड पुगेसँगै गत वर्ष घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’ घोषणा गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका  अध्यक्ष प्रेमबहादुर घलेले बताए ।  घलेगाउँका एक सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएका छन् । 

घलेगाउँ किन जाने ?
लमजुङ सदरमुकाम बेँसीसहरबाट डेढ घन्टामै (२४ किलोमिटर) मोटरमा घलेगाउँ पुगिन्छ । यहाँ हिमाल, जंगल, खोलानाला, चियाबारी, गुरुङ  संग्रहालय, भ्यु टावर, उत्तरकन्या मन्दिर, कोइवो धिँलगायत प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू हेर्न पाइन्छ । छिमेकी गाउँहरू घनपोखरा, भुजुङ र बागलुङपानीमा हाइकिङ गर्न मिल्छ ।

गुरुङ भाषा, कला, संस्कृति, परम्परा र रहनसहन नियाल्नका लागि घलेगाउँ राम्रो गन्तव्य मानिन्छ । यहाँ आउने पाहुनालाई मागअनुसार कृष्णचरित्र, घाँटु, रोधी, घ्याप्री, सेर्गा र पच्यु नाच देखाइन्छ । लोकल कुखुराको मासु, ढिँडो, सिस्नोको खोलेलगायत अर्गानिक खानेकुरा खुवाउने गरिन्छ ।