१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार २१:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

नेपाली संगीतको प्रवर्द्धन गर्नु सबैको कर्तव्य हो : राष्ट्रपति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २१:१२:oo

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली संगीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको बताएका छन्। 

नातिकाजी स्मृति समाजले शीतलनिवासमा सोमबार आयोजना गरेको नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली संगीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, संगीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्व रहेको र त्यसको जगमा नै नेपाली राष्ट्रिय संगीतको विकास हुँदै आएको धारणा व्यक्त गरे। 

‘सिर्जना राष्ट्रका सम्पदा, संस्कृति राष्ट्रका पहिचान र कलाकार राष्ट्रका अमूल्य नीधि हुन्,’ उनले भने, ‘कलाकार सिर्जना र संस्कृतिका संवाहक हुन्, कलाकारका साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने गर्छ।’ 

उनले नेपालको भौगोलिक विविधता र सांस्कृतिक विशिष्टता नै विश्वमा पृथक् पहिचानका रूपमा रहेको र यहाँको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता विश्वमै नमुना रहेको उल्लेख गर्दै नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र संगीतले एकढिक्का बनाउन सघाएको बताए । 

‘विविध जाति र उनीहरूको भाषा, संस्कृति, गीत, संगीतको एकता नै नेपाली संगीतको राष्ट्रिय स्वरूप हो,’ राष्ट्रपति पौडेलले भने।  

नेपाली लोकभाका पछ्याउँदै नेपाली आधुनिक गीतसंगीतको सिर्जनामा नातिकाजीले पुर्‍याएको योगदान अतुलनीय रहेको स्मरण गरे। नेपाली गीतसंगीतको क्षेत्रमा जीवनभर लाग्नुहुने श्रष्टालाई राज्यको तहबाट समेत उचित महत्व दिँदै जानु नेपाली राष्ट्रिय हितकै विषयसमेत भएको उनले बताए। 

सो अवसरमा राष्ट्रपति पौडेलले नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तथा नातिकाजी राष्ट्रिय पुरस्कार, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार विभिन्न महानुभावहरूलाई प्रदान गरे। सो अवसरमा कलाकारहरूले विभिन्न गीत प्रस्तुत गरेका थिए। 

ad
ad