![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/aagoo2021-12-16-10-31-48.jpeg)
खाना पकाउने क्रममा कपडाबाट सल्किएको आगोले जलेर दाङको तुलसीपुर उपमहानगरपालिका– ८ मा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर– ८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए । उनका अनुसार घटना हुँदा घरमा महिला मात्र थिइन् ।
उनका श्रीमान् र छोरा कामविशेषले घरबाहिर गएका वेला घटना भएकाले तत्काल उद्धार नहुँदा महिलाको घटनास्थलमै ज्यान गएको थियो ।