आसन्न संसद् अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा उनीहरूबीच शान्ति प्रक्रियाका बाँकी कामका साथै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत अन्य विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिए। यही माघ २२ गतेदेखि संघीय संसद्का दुवै सदनको बैठक हुँदै छ।