१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सामुदायिक वनमा फँडानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:४१:oo

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा सामुदायिक वनले संरक्षणको नाममा व्यापक वन फँडानी गरेको छ । मध्यविन्दु नगरपालिका– १५ मा रहेको नवदुर्गा सामुदायिक वनले वन संरक्षणका लागि तारबार गर्ने बहानामा व्यापक वन फँडानी गरेको हो । 

सामुदायिक वनले तारबारको नाममा कम्तीमा ७० वटा रूख कटान गरेको मध्यविन्दु– १५ का वडासदस्य अर्चना कुमालले बताइन् । वन फँडानीबारे सोधपुछ गर्न जाँदा नवदुर्गा सामुदायिक वनका अध्यक्ष धर्मनाथ महतोले नगरपालिकाका कर्मचारी केवलबहादुर पाल्पालीलाई कुटपिट गरेका छन् ।

यस्तै, नवदुर्गा सामुदायिकका पूर्वअध्यक्ष रेनु कुमाललाई दुव्र्यवहार गरेको पनि वडासदस्य कुमालले बताइन् । केवलबहादुर पाल्पालीले वन फँडानी गर्नेविरुद्ध उजुरी दिएकाले आफूमाथि कुटपिट भएको हुन सक्ने बताए । वन फँडानी गरेको थाहा पाएपछि बुझ्न खोज्दा आफूमाथि एक्कासि कुटपिट भएको उनको भनाइ छ । पाल्पालीले आफूमाथि सामुदायिक वनका अध्यक्ष धर्मनाथ महतोको निर्देशनमा कुटपिट भएको पनि बताए ।

सामुदायिक वनका अध्यक्ष महतोले भने समितिको निर्णयअनुसार नै वनमा रहेका साल, बकाइनो, कटहर, आँप, दबदबे, डुम्री, खन्योलगायतका रूख काटिएको दाबी गरे । नयाँ अतिक्रमण हुन नदिन र पुरानो अतिक्रमण रोक्न खोज्दा अवरोध भएको अध्यक्ष महतोको भनाइ छ ।  सामुदायिक वनका अध्यक्ष महतोले वन अतिक्रमण गरेर लगाइएका फलफूलका रूखहरू काटिएको स्वीकार गरे ।

ad
ad