१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १९ शुक्रबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ १९ शुक्रबार o७:५७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पेट्रोलपम्पमा कार्यरत  नोजलमेनले अब पिपिई लगाउनुपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ १९ शुक्रबार o७:५७:oo

काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोलपम्पहरूमा कार्यरत नोजलमेनले अब पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) लगाउनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकालगायत सरोकारवाला निकायबीच बिहीबार सम्पन्न बैठकले पेट्रोलपम्प सञ्चालन र व्यवस्थापनलगायतमा यस्तो निर्णय गरेको हो ।

बैठकमा महानगरपालिकाभित्रका सबै पेट्रोलपम्पले एकै किसिमको रङ लगाउनुपर्ने, पम्पले सेवाग्राहीलाई निःशुल्क शौचालय सेवा दिनुपर्ने, पिपिई लगाउनुपर्ने विषयमा छलफल भएको थियो । छलफलपछि पेट्रोलपम्पहरूको एकरूपताका लागि एकै किसिमको रङ लगाउनुपर्ने, निःशुल्क शौचालय सेवा दिनुपर्ने, पम्पमा कार्यरत नोजलमेनले पिपिई लगाउनुपर्ने, पम्पपरिसरमा हरियाली गराउनुपर्ने, पम्पमा कार्यरत कर्मचारीलाई महानगरपालिकाले आधारभूत अग्नि नियत्रण तालिम दिनेलगायत निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिकाको समन्वयमा भएको बैठकमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल आयल निगम, नगर प्रहरी, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला संघ–संस्था तथा निकायका प्रतिनिधि सहभागी थिए ।