मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १७ बुधबार
  • Thursday, 19 December, 2024
२o८o माघ १७ बुधबार o८:२९:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १७ बुधबार o८:२९:oo

एकीकृत समाजवादीको केन्द्रीय परिषद्ले युवाको प्रतिनिधित्व २० प्रतिशत बनाइरहँदा नेतृत्वको उमेर हदचाहिँ किन हटाएको ? 
हामीले पार्टीमा युवाको प्रतिनिधित्व ४० प्रतिशत हुनुपर्छ भनेका थियौँ । तर, ३३ प्रतिशत महिला, दलित, जनजाति, मधेसी सबैको प्रतिनिधित्व सुनिश्चित गर्न २० प्रतिशतमा कायम गरियो । नेतृत्वको उमेर हद हटाउनुमा चाहिँ पहिलो पुस्ताको पदमा नै रहिरहने मनोवृत्तिले काम गर्‍योजस्तो लाग्छ । भोलिको समाजवादी क्रान्तिको अगुवाइ युवाले मात्रै गर्न सक्छ । पहिलो पुस्ताका नेताको अनुभवलाई पुँजीका रूपमा भने लिनुपर्छ । पहिलो पुस्ताले आजीवन नेतृत्व ओगटेर बस्दा युवा नेतृत्वको विकासलाई नै अवरुद्ध पारिरहेको छ । 

एकीकृत समाजवादी पार्टी भने सानो, तर विवाद किन धेरै ? 
यस विषयमा धेरै प्रश्न छन् । वैचारिक सन्दर्भमा पनि केही मतभेद देखिएका छन् । कार्यशैलीमा पनि मतभेद छ । महाधिवेशनमा हामी यी सबै विषयमा छलफल गर्नेछौँ । नीतिलाई विधिमा ढाल्ने कुरामा, सांगठनिक हिसाबमा केही गोलमटोल थियो परिषद् बैठकले त्यसलाई स्पष्ट पार्ने काम गरेको छ । 

केन्द्रीय परिषद् बैठक कति सफल रह्यो ? 
लोकतान्त्रिक पार्टीमा कुनै पनि सेरेमोनियल कमिटी हुनुहँुदैन । सेरेमोनियल कमिटीले क्रान्ति, आन्दोलनलाई अगाडि बढाउँदैन । तसर्थ, सबैभन्दा महत्वपूर्ण कुरा तलदेखि माथिसम्मका सबै कमिटीलाई निर्वाचित बनाउने काम भएको छ । निर्वाचित गर्नेहरू पनि निर्वाचित हुने प्रावधान राखिएको छ । यो जनवाद र आन्तरिक लोकतन्त्रको सुदृढीकरण पनि हो । कार्यकर्ताबाट अनुमोदित नेता, जनताबाट अनुमोदित पार्टी बनाउन खोजेका हौँ । हामीले विधानलाई व्यवस्थित गर्ने काम ग¥यौँ । महाधिवेशन तयारीको सन्देश प्रवाह गर्‍याैँ । सांगठनिक चुस्ततालाई कायम गर्‍यौँ ।