१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

चौलागाईंको अध्यक्षतामा नेपाली व्यवसायी संघ कतारको नयाँ कार्यसमिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:२३:oo

नेपाली व्यवसायी संघ (कतार)मा महेन्द्रप्रसाद चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। गत शुक्रबार दोहास्थित होटेल वेस्टिनमा सम्पन्न दोस्रो साधारणसभाले २५ सदस्यीय समिति निर्विराेध चयन गरेको हो।

संघको उपाध्यक्षमा नरेन्द्रबहादुर भाट, राजेन्द्रकुमार शर्मा, राजु रेग्मी, रमेश भट्ट र प्रकाश कोइराला चयन भएका छन्। महासचिवमा शंकरप्रसाद न्यौपाने तथा सचिवमा पूर्णबहादुर पोखरिया, राजेन्द्र देवकोटा र सुनीलकुमार घिमिरे चयन भएका छन्। सभाले कोषाध्यषमा चूडामणि कार्की र सहकोषाध्यक्षमा रामकुमार श्रेष्ठलाई  निर्विरोध चयन गरेको छ। 

त्यसैगरी, सदस्यहरूमा क्रान्ति सिंह, रामु रेग्मी, रामचन्द्र पन्थ, कमलप्रसाद न्यौपाने, टंकबहादुर खड्का (अर्पण), श्रीकृष्ण भट्टराई, राकेश श्रेष्ठ, मन्जु खनाल, नारायणप्रसाद शर्मा र वसिम अक्रम गरी १० जना निर्वाचित भएका छन्। तीनजना सदस्यहरु अध्यक्षको सिफारिसमा कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्ने संघका सचिव पूर्णबहादुर पोखरियाले जानकारी दिए।

सन् २०१८ मा स्थापित संघको संस्थापक अध्यक्ष चौलागाईं दोस्रो कार्यकाल २०२४–२०२८ का लागि अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वतमान सल्लाहकार शंकरप्रसाद न्यौपाने महासचिवमा निर्विरोध निर्वाचित भएका हुन्।

संघको साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको संघले गरेका कार्यहरू प्रशंसनीय भएको बताए। त्यस्तै, उद्योग वाणिज्य महासंघ र संघबीच परस्पर सहकार्यको आवश्यकता रहेकोसमेत उनले औँल्याएका थिए।

यसैबीच संघले संस्था स्थापनाकालदेखि हालसम्म अनवरत रुपमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै निवर्तमान महासचिव रमेश भट्ट, सचिव सुनील घिमिरे र प्रचारप्रसार विभाग उपप्रमुख एवं मिडिया संयोजक दीपजंग शाह ठकुरीलाई सम्मान गरेको सचिव पोखरियाले बताए।

साथै, प्राविधिकतर्फ संघभन्दा बाहिर भए पनि संघलाई योगदान पुर्याएको भन्दै नवराज श्रेष्ठलाई सम्मान गरिएको थियो। कतारमा करिब दुई सय हाराहारीमा नेपाली व्यवसायी छन्। संस्थाले कतारमा रहेको नेपाली श्रमिक र व्यवसायीको हितमा काम गर्दे आएको संघका सचिव पोखरियाले बताए।

ad
ad