१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० माघ १४ आइतबार १७:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवा दुई लाखको अवैध सामानसहित पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
२०८० माघ १४ आइतबार १७:४१:००

नेपालगन्ज ल्याइँदै गरेको अवैध सामग्रीसहित बाँके प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले भारतबाट ल्याउँदै गरेको दुई लाख २५ हजार दुई सय रुपैयाँबराबरको अवैध सामानसहित पाँचजनालाई आइतबार बिहान नेपालगन्ज उपमहानगरपालिका १२ बाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक सुशील रावलको कमान्डको टोलीले कुर्ता, सल्वारलगायतका सामग्री, तस्करीमा प्रयोग गरिएका भारतीय नम्बर प्लेटको मोटरसाइकल र साइकलसहित तस्करीमा संलग्न पाँचजनालाई पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

उक्त अवैध सामान, मोटरसाइकल, साइकलसहित पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको उनले बताए।