१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : आइसिसी
रासस काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

अफगानिस्तानविरुद्ध नेपाल बलिङमा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:५२:oo

आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा भर्खरै भएको टसमा अफगानिस्तानका कप्तान नासिर खानले टस जितेर पहिला ब्याटिङ रोजेका छन्। यससँगै अब नेपालले पहिला फिल्डिङ गर्ने भएको छ। नेपाल र अफगानिस्तान यू–१९ विश्वकपमा पहिलोपटक आमने–सामने हुन लागेका हुन्।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज अफगानिस्तानलाई जित्नैपर्ने दबाबमा छ। प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाललाई जित्नैपर्ने दबाब रहेको हो।

ad
ad