१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ १० बुधबार १५:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धकसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ १० बुधबार १५:०४:००

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भिएफडी) खरिदमा भ्रष्टाचार गरेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।  

पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमारलाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरुद्ध मुद्दा दायर भएको हो। २२ लाख ७८ हजार तीन सय पाँच रुपैयाँ बिगो कायम गरी उनीहरूविरुद्ध मुद्दा दायर भएको छ।  

भिएफडी खरिद गर्दा विनाअध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत यकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरिद गरेको आयोगले जनाएको छ।

सामान खरिदपश्चात् गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये एक सय ६० वाट भिएफडी प्यानल उद्योगले प्राप्त गरेको पाँच वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको अख्तियारको अभियोग छ।