१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १० बुधबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ १० बुधबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

दुग्ध विकास संस्थानले घटायो दुग्ध पदार्थको मूल्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ १० बुधबार o६:२२:oo

 दुग्ध विकास संस्थानले दुग्ध पदार्थको मूल्य घटाएको छ । संस्थानले २५ प्रकारका उत्पादनको मूल्य घटाएको हो । नयाँ मूल्यअनुसार संस्थानले आधा लिटरको पोली प्याकको दहीको मूल्य १० रुपैयाँ घटाएर ७५ रुपैयाँ बनाएको छ ।

त्यस्तै, एक लिटर जारको दहीमा २० रुपैयाँ घटाएर एक सय ७० रुपैयाँ, आधा लिटर जार दहीको मूल्य १० रुपैयाँ घटाएर ९० रुपैयाँ, दुई लिटर जारको दहीमा ४० रुपैयाँ घटाएर तीन सय ३५ रुपैयाँ, प्रोबायोटिक दही एक टिलर जारमा २० रुपैयाँ घटाएर दुई सय रुपैयाँ बनाएको जनाएको छ । त्यस्तै, एक सय मिलिकपको दहीमा पाँच रुपैयाँ र दुई सय मिलिकपको दहीमा १० रुपैयाँ घटाएको जनाएको छ । थोक दही किन्दा प्रतिलिटर एक सय ४० रुपैयाँमा आउने कम्पनीको भनाइ छ । 

त्यस्तै, कञ्चन चिजप्रति किलोमा तीन सय रुपैयाँ घटाएर एक हजार तीन सय रुपैयाँ, आधा किलोमा एक सय ५० रुपैयाँ घटाएर ६ सय ५५ रुपैयाँ, दुई सय ग्राममा ६५ रुपैयाँ घटाएर दुई सय ६५ रुपैयाँ बनाएको कम्पनीको भनाइ छ । याक चिज एक किलोमा दुई सय ८० रुपैयाँ घटाएर एक हजार ६ सय रुपैयाँ, आधा किलोमा एक सय ५० रुपैयाँ घटाएर आठ सय १० रुपैयाँ, दुई सय ग्राममा ६५ रुपैयाँ घटाएर तीन सय तीस रुपैयाँ, एक सय ग्राममा तीस रुपैयाँ घटाएर एक सय ७० रुपैयाँ बनाएको उल्लेख छ । 

संस्थानले फ्रेस मिल्क दुई सय मिलिबोतलको मूल्य पाँच रुपैयाँ घटाएर ७० रुपैयाँ बनाएको छ । त्यस्तै, पनिर एक केजीको आठ सय रुपैयाँ, आधा केजीको चार सय पाँच रुपैयाँ, दुई सय ग्रामको एक सय ६५ रुपैयाँ र एक सय ग्रामको ९५ रुपैयाँ बनाएको जनाइएको छ । 

मोजरेला चिज एक केजीको एक सय रुपैयाँ घटाएर एक हजार रुपैयाँ, आधा किलोको ५० रुपैयाँ घटाएर पाँच सय रुपैयाँ, दुई सय ग्रामको २५ रुपैयाँ घटाएर दुई सय १० रुपैयाँ तथा नौनी–मखन किलोको एक सय रुपैयाँ घटाएर एक हजार रुपैयाँ बनाएको छ ।  

ad
ad
ad
ad