१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
दीपक बोहरा तुलसीपुर
२०८० माघ ७ आइतबार ११:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुखबाट लडेर महिलाको मृत्यु

Read Time : < 1 मिनेट
दीपक बोहरा, तुलसीपुर
२०८० माघ ७ आइतबार ११:३२:००

दाङमा रुखबाट लडेर तुलसीपुर उपमहानगरपालिका– १३ बखरियाकी एक महिलाको मृत्यु भएको छ।

शनिबार बेलुका घरनजिकैको जंगलमा रुखबाट लडेर ६५ वर्षीया शितली कुसारीको मृत्यु भएको उनकी जेठी बुहारी पवित्रा कुसारीले जानकारी दिइन्।

बेलुका ७ बजेतिर स्याउला काट्न भनी जंगल गएकी शितली अबेरसम्म घर नआएपछि परिवार र छिमेकी जंगल खोज्न जाँदा घाइते अवस्थामा फेला पारेका थिए।

उनको तुलसीपुर सिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको हो।