१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका तुलसीपुर
२०८० माघ ५ शुक्रबार ११:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाङको भूमि जोगाउन थारू समुदायकाे भूमिका छ : मन्त्री मास्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, तुलसीपुर
२०८० माघ ५ शुक्रबार ११:३८:००

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको भूमि जोगाउन थारू समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। 

दाङको घोराही उपमहानगरपालिका- १० नारायणपुरस्थित मन्ठोरिया मेलालाई सम्बोधन गर्दै मन्त्री मास्कीले थारू समुदायले औलोजस्तो रोगलाई कठिन संघर्ष गरेर जितेर यो भूमिलाई आवादी बनाएको भन्दै थारू समुदायलाई उच्च सम्मान गर्ने बताए।

‘यो भूमिलाई आवादी बनाएको थारू समुदायले हो,’ उनले भने, ‘यो समुदायको भूमिकालाई हामीले सम्मान गर्नुपर्छ।’ 

त्यस अवसरमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य मिलन डाँगीले नारायणपुर क्षेत्रको विकासका लागि आफूले पहल लिइरहेको बताएका छन्। साथै, उक्त मन्दिरका लागि पनि बजेटको पहल गर्ने प्रतिबद्धतासमेत जनाए। त्यस अवसरमा कांग्रेस नेता अभियान बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए।