१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ६ बिहीबार
  • Saturday, 24 May, 2025
२o८१ बैशाख ६ बिहीबार १४:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीमा ६ विनाविभागीय मन्त्री नियुक्त, शपथकाे तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ६ बिहीबार १४:४९:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्। मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक–एक गरी ६ जना विनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।

एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहेका छन् भने नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विनाविभागीय मन्त्री नियुक्त भएका छन्।

मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीनजना विनाविभागीय मन्त्री चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन्। 

आज विस्तार गरिएको मन्त्रिमण्डलसँगै लुम्बिनी प्रदेश सरकार १० सदस्यीय पुगेको छ। आज नियुक्त भएका विनाविभागीय मन्त्रीहरूको शपथग्रहण आजै गराउने तयारी भएको छ।