१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १७:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपाध्यक्षद्वय डा.लामा र सुङबीच भेटघाट, लुम्बिनीको विकासमा सहकार्य गर्नेबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:o६:oo

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष युन सुङबीच भेटघाट भएको छ। 

बुधबार भएको भेटवार्तामा लुम्बिनीको विकासमा सहकार्य गर्ने, चिनियाँ पर्यटकलाई लुम्बिनीमा बढीभन्दा बढी ल्याउनेलगायतका विषयमा छलफल भएको बताइएको छ। 

भेटमा उपाध्यक्ष डा. लामाले चीन र नेपालबीचको सम्बन्ध भगवान् बुद्धले थपनजिक बनाएको बताउँदै लुम्बिनीमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए। 

उनले चीनमा बुद्धका अनुयायी धेरै रहेकाले बुद्ध जन्मस्थलमा ल्याउने वातावरणका लागि पहल गरिदिन आग्रह गरे। भेटमा उपाध्यक्ष सुङले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै प्रसन्न भएको बताए। 

उनले बुद्ध जन्मस्थल चिनियाँहरूका लागि पवित्र स्थल रहेकाले यसको प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरे। लुम्बिनी भ्रमणमा रहेका उपाध्यक्ष युन सुङको टोलीमा करिब ४० जना बुद्धिस्ट अनुयायी सहभागी छन्।

ad
ad