चोभारको मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सुरु भएको छ। तीन चरण गरेर खेल्न पाइने क्यानोपी जिपलाइनको कुल लम्बाइ करिब चार सय मिटर छ। सबै चरणको क्यानोपी जिपलाइन खेल्न करिब १० मिनेट लाग्छ।
जिपलाइन खेल्दा गरिने अनुभूतिअनुसार पहिलो चरणलाई ‘एड्भेञ्चर’,दोस्रोलाई ‘डेयर डेभिल्स’ र तेस्रोलाई ‘द फन’ नामकरण गरिएको छ।
जिपलाइनका क्रममा मञ्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलविनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुक्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरि डाँडा, काठमाडौं तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ।
तस्बिरहरू :