मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २८ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष २८ शनिबार o८:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

देशको विकासमा खेलकुद सम्भावित क्षेत्र हो : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष २८ शनिबार o८:३१:oo

देशको विकास र प्रगतिमा खेलकुद क्षेत्र पनि एक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । चौथो राष्ट्रिय बादोरियो कराँते प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रबाट देश विकासमा योगदान पुर्‍याउन सक्ने जनाएका छन् । ‘नेपाल अपार सम्भावना भएको देश हो, देशको विकास र प्रगतिका निम्ति हामीसँग प्रशस्त सम्भावना छन्,’ उनले भने, ‘तीमध्ये पनि राम्रो सम्भावना बोकेको क्षेत्र भनेको खेलकुद क्षेत्र नै हो । खेल आजको दुनियाँमा बहुआयामिक सम्भावित क्षेत्र हो ।’ प्रधानमन्त्री दाहाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षकसमेत हुन् । 

सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले मूलपानी, भरतपुरको गौतम बुद्ध र मोरङको बैजनाथपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए । चौथो राष्ट्रिय बादोरियो कराँतेको आयोजक संघका अध्यक्ष हरिशरण केसीले संघले गरेको गतिविधिबारे प्रकाश पारेका थिए । प्रतियोगिताको पहिलो दिन बागमती प्रदेशका वरदान मोक्तान र मधेशकी बिबिका श्रेष्ठले स्वर्ण जितेका छन् ।

नेपाल बादोरियो कराँते डो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ केजी फाइनलमा वरदानले लुम्बिनी प्रदेशका विशन थापालाई पराजित गरे । सोही तौलसमूहको महिला फाइनलमा बिबिकाले बागमतीकी नेत्रकुमारी लामिछानेलाई हराइन् । महिला ४० केजीमा बागमतीकी सुस्मिता वाइबाले लुम्बिनीकी निमा लामा तथा ५० केजीमा बागमतीकी प्रास्ना केसीले कर्णाली प्रदेशकी सुस्मिता मगरलाई पाखा लगाउँदै स्वर्ण जिते । एकल काताको पुरुषमा कोशी प्रदेशका इन्द्र राजवंशी र महिलामा बागमतीकी अप्सना मगर पहिलो भए ।