मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २६ बिहीबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष २६ बिहीबार o६:११:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रकाश स्मृति ब्याडमिन्टन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष २६ बिहीबार o६:११:oo

पहिलो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट सुरु भएको छ । स्पोर्टस् हब नेपाल प्रालिको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन नेपाल एपिएफका प्रिन्स दाहाल र सुजन थापा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रिन्सले जोहेर उद्दिनलाई २–० को सोझो सेटमा हराए ।

सुजनले बालकुमारी रिमिक्स क्लबका मुकेश श्रेष्ठलाई २–० को सेटमा निराश पारे । प्रतियोगितामा नेपाल पुलिसका सुनील जोशीले एपिएफका अमन महर्जनलाई २–० ले पाखा लगाए । आर्मी क्लबका डेभिड थापामगरले स्पोर्टस् हबका विशाल तामाङमाथि २–१ को सेटमा हराएका छन् ।

प्रतियोगितामा पुलिसका जीवन आचार्यले एपिएफका क्षितिज खनाललाई २–० ले पराजित गरेका छन् । आर्मीका कबिर केसीले सरफराज उद्दिनलाई २–० ले हराए । एपिएफका देवराज रानाले सागर लामालाई २–० को सहज सेटमा निराश बनाए । प्रतियोगिताको पहिलो चरणमा पुलिसका अभिक श्रेष्ठ, एपिएफका अनिल मल्ल, पुलिसका दीपक बोहरा, एपिएफका भोजबहादुर गुरुङ र आर्मी क्लबका प्रफुल महर्जन प्रिक्वार्टरफाइनलमा पुगेका छन् । 

यसैगरी, भेट्रान ३५ वर्षमाथिको युगल प्रतिस्पर्धामा कागेश्वरीका देविन्द्र राई र उमेशकुमार राईको जोडी प्रिक्वार्टरफाइनलमा प्रवेश ग¥यो । नेपाल ब्याडमिन्टन संघको मान्यताप्राप्त वरीयतासहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरीयताबाहेक), स्थानीय स्तर, मास्टर्स युगल ३५ वर्षमाथि र ४५ वर्षमाथि गरी ६ विधामा प्रतिस्पर्धा भइरहेको समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङकुसाङ शेर्पाले जानकारी गराए ।

पुरुषतर्फ पहिलो हुनेले ४५ हजार, दोस्रोले २५ हजार र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए । सदस्यसचिव घिसिङले ब्याडमिन्टन खेल विकासका लागि व्यावसायिक लिग प्रतियोगिता आवश्यक रहेको बताएका छन् ।