१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०८० पौष २५ बुधबार १७:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मदन पुरस्कार विजेता पूर्वडिआइजी शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्षकाे कैद सजाय 

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०८० पौष २५ बुधबार १७:३५:००

भ्रष्टाचारमा दोषी ठहर मदन पुरस्कार विजेता पूर्वडिआइजी महेशविक्रम शाह र दीपेन्द्रप्रसाद पनेरूलाई विशेष अदालतले तीन वर्ष कैदकाे सजाय सुनाएको छ। 

११ पुसमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले शाहले प्रहरी जवानहरूको तलब–भत्तामा भ्रष्टाचार गरेको अभियोगमा दुवैलाई दोषी ठहर गरेकाे थियाे। अदालतले दुवैलाई तीन वर्ष कैदसँगै बिगाेबमाेजिम १६ लाख ६९ हजार ४२ रुैपयाँ ४४ पैसा जरिवाना हुने फैसला गरेको छ ।

एक सय तीन जवानको ०७२ माघ र फागुनको तलब–भत्ताबाट ३१ लाख ८८ हजार ४६८ रुपैयाँ हिनामिना गरेका ठहर गरेको हाे। प्रहरी प्रधान कार्यालयले माघको तलब–भत्ता पाउने गरी ११ माघ ०७२ मा ती जवानको सरुवा गरेको थियो।

मध्यक्षेत्रीय तालिम केन्द्र दुधौलीमा कार्यरत छँदा कार्यालय प्रमुख रहेका शाहले सइ दीपेन्द्रप्रसाद पनेरूसँग मिलेर दुई सय ४५ जवानको (प्रशिक्षार्थीसमेत) तलब–भत्तामा ३३ लाख ३८ हजार ८४ रुपैयाँ हिनामिना गरेको ठहर भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाह र पनेरूसँगै दुधौली तालिम केन्द्रकै तत्कालीन लेखा सहायक प्रहरी हवल्दार केशवसिंह ऐरी र जिल्लाको कोष तथा लेखानियन्त्रक कार्यालयका तत्कालीन लेखापाल सञ्जीव बिसंखेलाई पनि प्रतिवादी बनाएर २० फागुन ०७६ मा विशेषमा मुद्दा दायर गरेको थियो।

नेपाल प्रहरीका पूर्वडिआइजी शाहले‘छापामारको छोरो’ पुस्तकका लागि ०६३ मा मदन पुरस्कार पाएका थिए ।