१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ज्यान मुद्दामा १० वर्ष सजाय तोकिएपछि फरार मियाँ ३८ वर्षपछि पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३२:oo

ज्यान मारेको कसुर मुद्दामा १० वर्ष कैद सजाय तोकिएपछि फरार भएका इस्लाम मियाँ धुनिया ३८ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लहान नगरपालिका– १८ बयरबोना गाउँका ७० वर्षीय धुनियालाई गाउँघरमा लुकिछिपी बसिरहेको सूचनाका आधारमा पक्राउ गरी आइतबार जिल्ला अदालतमा पेसपछि कैद सजाय भुक्तानका लागि सिराहा कारागार चलान गरिएको छ ।

९ कात्तिक ०३६ मा लहान– २४ गोविन्दपुरका खट्टर महतोको ज्यान मारेको कसुरसम्बन्धी मुद्दामा सिराहा जिल्ला अदालतले अभियोग ठहर गर्दै १० माघ ०४२ मा मियाँलाई १० वर्ष कैद सजायको फैसला गरेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तराम सापकोटाले जानकारी दिए ।

अदालतले फैसला सुनाएपछि फरार रहेका मियाँलाई लहान प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय ल्याएर आवश्यक अनुसन्धान गरी भोलिपल्ट आइतबार अदालतमा उपस्थित गराइएपछि कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको उनले बताए । 
 

ad
ad