१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले होटेल सारामा २५% सम्म छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५o:oo

 सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा ग्राहकले होटेल साराको सेवामा छुट पाउने भएका छन् । बैंक र होटेलबीच सेवा प्रदान गर्ने गरी सम्झौता भएको बताइएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटेल साराका तर्फबाट कार्यकारी निर्देशक पृथ्वी सुुवेदीले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले होटेल सारामा खाना, सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, भोजका निम्ति हलहरूमा १५ प्रतिशतसम्म छुट दिइएको बताइएको छ । यस सम्झौताले बैंकमा कार्यरत कर्मचारी तथा ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 

ad
ad