१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डलाई रंग बदल्न छेपारोलाई जस्तो मौसम चाहिँदैन : एमाले महासचिव पोख्रेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३o:oo

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छेपारोको संज्ञा दिँदै रंग बदल्न मौसम नचाइने बताए । उनले छेपारोलाई बरु रंग बदल्न मौसम चाहिने भए पनि प्रचण्डलाई नेपाली राजनीतिमा रंग बदल्न मौसम नचाहिने बताए ।

पोख्रेलले एमालेको जिल्ला प्रशिक्षणलाई सम्बोधन गर्दै सरकारले मुलुकलाई अराजकतातर्फ लगेको बताउँदै गठबन्धन जनमत र कर्मबाट असफल भएको बताए । सरकारले मान्छेलाई गोली ठोक्ने र घटना सामान्यीकरण गर्न विभिन्न प्रलोभन बाँड्ने काम भएको पूर्वमुख्यमन्त्रीसमेत रहेका पोख्रेलले बताए ।

एमालेले निर्वाचनपछि नै जनादेश जनताका लागि भएन भनेर बताएकाले अहिले परिणाममा देख्दै आएको पोख्रेलले बताए । उनले सरकारका गतिविधिका कारण देशमा राजनीतिक अस्थितरता र निराशासहितको अराजकता कायम रहेको बताए । राज्य र जनताको बीचमा समन्वय आवश्यक भएकाले अहिलेको गठबन्धन सरकारबाट कल्पना पनि गर्न नसकिने पोख्रेलले बताए ।

एमालेले निर्वाचनपछि नेपाली राजनीतिक इतिहासमा मिसनग्रास रुट अभियानमार्फत बस्तीस्तरमा पुगेर सबैभन्दा  बढी आठ सय ५० रिपोर्ट बनाएर पार्टीको  केन्द्रीय कार्ययोजना बनाएको पोख्रेलले बताए । त्यस्तै, केही समयअघि सम्पन्न गरिएको समृद्धिको संकल्प यात्राले नेपाली राजनीति र मुलुकलाई पश्चगमनतर्फ मोड्न खोज्ने प्रवृत्तिलाई ब्रेक लगाएको पोख्रेलले दाबी गरे । नेकपा एमाले गुल्मीले पार्टी प्रशिक्षणलाई पछिल्लो समय निकै जोड दिएको छ । तीन हप्ता गुल्मीका सबै पालिकाका १४ वटा विषयमा नेता–कार्यकर्ता प्रशिक्षण सकेको छ । अहिले फेरि जिल्लास्तरीय प्रशिक्षणको आयोजना गरिएको छ ।

ad
ad