१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रोहितराज पराजुली नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

गण्डकी प्रदेश पिएम कप क्रिकेट : दोस्रो जितसँगै तनहुँ फाइनलमा

Read Time : < 1 मिनेट
रोहितराज पराजुली, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २२:o५:oo

तनहुँ गण्डकी प्रदेश पिएम कप पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको छ। 

क्रिकेट संघ गण्डकीको आयोजनामा सोमबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा समूह ‘बी’मा रहेको तनहुँले दुईखेलमा जित निकाली समूह विजेताका रूपमा अन्तिम दुई स्थान पक्का गरेको हो। 

यसअघि समूह ‘ए’ बाट स्याङ्जाले लगातार खेलमा जित निकाली अन्तिम दुईमा स्थान सुरक्षित गरेको थियो। अब उपाधिका लागि स्याङ्जा र तनहुँबीच २५ पुसमा खेल हुनेछ।

प्रतियोगिताअन्तर्गत सोमबार तनहुँले पर्वतलाई तीन विकेटले पराजित गरेको थियो। तनहुँले आइतबार नवलपुरलाई १० रनले पाखा लगाएको थियो। 

टस जितेर ब्याटिङ रोजेको पर्वतले ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय १७ रन बनाएको थियो। तनहुँले ४८ ओभरमा सात विकेटको क्षतिमा दुई सय १८ रन जोड्दै लक्ष्य पूरा गरेको थियो। 

पर्वतका लागि रितिक थापाले ७४ बलमा ४१ रन बनाए। अमृत गुरुङले ४० बलमा २८ रन जोडे। सरोज खत्रीले ३६ बलमा २१ रन र कमल भुसालले १३ बलमा १९ रन जोडेका थिए।

तनहुँका लागि समीर कँडेलले अर्धशतक पूरा गर्ने क्रममा ८२ बलमा ५० रन जोडेका थिए। म्यान अफ द म्याच कृष ऐरले ५८ बलमा ४२ रन बनाए। दिनेशजंग बुढामगरले ३४ बलमा ३७ रन बनाए।

दीपेश अधिकारीले ३५ बलमा १४ र उत्सव श्रेष्ठले १६ बलमा १० रन बटुले। तनहुँका सन्दीप पराजुलीले १० ओभरमा एक मेडन राखी १९ रन खर्चेर दुई विकेट लिए। 

कृष ऐरले १० ओभरमा दुई मेडनसहित २९ रन खर्चेर दुई विकेट हात पारे। पर्वतका रोशन गौतमले १० ओभरमा दुई मेडन राखी २६ रन खर्चेर दुई विकेट लिए।

ad
ad