मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १९ बिहीबार
  • Thursday, 19 December, 2024
२o८o पौष १९ बिहीबार o७:३२:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १९ बिहीबार o७:३२:oo

नेपाल–भारत सम्बन्धको पछिल्लो अवस्था कस्तो देख्नुहुन्छ ?
राज्यस्तरको भर्खरै सम्पन्न चुनावमा मध्यप्रदेश, छत्तीसगढ र राजस्थानमा जित हासिल गरेर भाजपाले अब चाँडै हुने आमचुनावमा तेस्रो विजय हासिल गर्ने आकलन भइरहेको छ । मोदी तेस्रोपटक प्रधानमन्त्री हुने अवस्था बलियो भएको हो भने उनमा अझ बढी आत्मविश्वास, दृढता र अहं बढ्ने र हिन्दू राष्ट्रवादको मूल नारा बलियो हुने देखिन्छ । यसबारे नेपालका दलले अहिल्यैदेखि गृहकार्य गर्दा र प्रस्ट सोच बनाउँदा राम्रो हुन्छ । 

भारतीय विदेशमन्त्रीको भ्रमणबाट कति आशावादी हुन सकिएला ? 
नेहरू, इन्दिरा गान्धी, चन्द्रशेखर, गुजराललगायत प्रधानमन्त्रीहरूसँग जस्तो मोदीसँग नेपाली नेताहरूको व्यक्तिगत सम्बन्ध स्थापित हुन सकेन । मोदीले चारजना नेपाली प्रधानमन्त्री देखिसके । यसले गर्दा भारतीय कर्मचारीतन्त्रलाई नेपाल हेर्न र निर्णय गर्न सजिलो भयो । विदेशमन्त्री डा. जयशंकर मोदीका विश्वासपात्र हुन् । विश्वगुरु हुने संकल्पसाथ अन्तर्राष्ट्रिय जनमत तयार गर्न उनी क्रियाशील छन् । जयशंकरसँग व्यक्तिगत सम्बन्ध बढाउन सकियो भने पनि अल्झेर बसेका अनगिन्ती विषय सुल्झाउन मद्दत पुग्छ । 

द्विपक्षीय भेटमा कस्ता एजेन्डामा छलफल गर्दा राम्रो होला ?
नयाँ–नयाँ परियोजनामा हात हाल्नुभन्दा पहिले नै सहमति भएका विषय किन कार्यान्वयन भएनन् भन्नेमा नेपाली पक्षले ध्यान दिनुपर्छ । भारतले थप बिजुली किनिदिनाले द्विपक्षीय सम्बन्धमा तब एउटा नयाँँ आयाम थपिन्छ, जब हाम्रो बिजुलीको पहुँच बंगलादेशसम्म पुग्छ । यसले क्षेत्रीय सहयोगमा समेत बल पुग्छ । यसअघिदेखि नै थाती रहेका भएभरका कुरा उठाइदिने, तर भारतीय पक्षको ती विषयमा के धारणा रह्यो बताउनु नपर्ने लत त्यागेर जनतालाई सुसूचित गर्ने परिपाटी पनि सुरु गर्नुपर्छ ।