१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १६ सोमबार
  • Tuesday, 02 July, 2024
२o८o पौष १६ सोमबार १o:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

दोर्दीको हिलेटक्सारमा ‘एक घर, एक करेसाबारी’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १६ सोमबार १o:५८:oo

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ९ हिलेटक्सारले एक घर, एक करेसाबारी अभियान कार्यक्रम सञ्चालन गरेको छ । स्थानीयको पोषणमा सुधार ल्याउन र खानपानको शैलीमा परिवर्तन ल्याउने भन्दै वडामा एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गरिएको हो। “आफ्नै करेसाबारीको अर्गानिक तरकारी खाऔँ स्वस्थ बनौँ” भन्ने नाराका साथ वडाले उक्त अभियान सञ्चालन गरेको छ । 

विषादी तरकारी रोकी अर्गानिक तरकारी उत्पादनमा जोड दिने उद्देश्यले प्रत्येक गाउँठाउँमा पर्याप्त मात्रामा जमिन र सिँचाइको व्यवस्था भए पनि जिल्ला बाहिरबाट तरकारी ल्याएर खाने र पोषण तथा स्वास्थ्यमा प्रत्यक्ष असर पर्न थालेपछि प्रत्येक घरमा अनिवार्य रूपमा करेसाबारी अभियान सञ्चालन गरिएको दोर्दी गाउँपालिका ९ का वडा आशिष तामाङले बताए । उनले भने, ‘हामी गाउँमै भएको स्रोत–साधनलाई उपयोग गर्न नजानेका कारण कुपोषित बन्दै गइरहेका छौँ । मौसमअनुसारको तरकारी घरमै फलाएर खान नजानेका कारण कुपोषित र आर्थिकस्तर खस्किँदै गइरहेको छ ।’

करेसाबारीलाई अनिवार्य गर्दा कृषिखेतीको प्रवद्र्धन हुने र अर्गानिक तरकारी घरमै उत्पादन हुँदा विषादीजन्य तरकारी सेवन गर्नुपर्ने बाध्यात्मक अवस्थामा कमी आउने अपेक्षा गरिएको वडाध्यक्ष तामाङले बताए । वडा कार्यालयले टक्सार, थाम, पोखरी, लाँकुरीबोट, चिसापानी, धैरेनीलगायतका टोलमा अनिवार्य रूपमा ‘एक घर, एक करेसाबारी’ निर्माण गर्न प्रत्येक घरलाई ५० प्रतिशत अनुदानमा १० प्रकारका बिउ निःशुल्क उपलब्ध गराएको छ । प्रत्येक घरलाई केराउ, धनियाँ, साग, मुला, गाँजर, काउली, सिमी बन्दालगायतका बिरुवा वितरण गरिएको छ ।

वडाभित्रका तीन सय २६ घरधुरीले अनिवार्य रूपमा करेसाबारी निर्माण गर्ने र त्यसका लागि कृषि प्राविधिकको समेत व्यवस्था गरिएको उनले बताए । यो वर्ष ‘एक घर, एक करेसाबारी’ निर्माण गर्नका लागि वडा कार्यालयलले आव ०८०/८१ मा कृषि कार्यक्रमअन्तर्गत ५० हजार बजेट विनियोजन गरेको छ । वडाले सुरु गरेको ‘एक घर, एक करेसाबारी’ अभियानलाई गाउँपालिकाभरि विस्तार गर्ने योजनामा रहेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । 

ad
ad
ad
ad