१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

कतारले घटायो आठ भारतीय पूर्वनौसैनिकको मृत्युदण्डको सजाय  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:५o:oo

 कतारले भारतका आठ पूर्वनौसेना कर्मचारीको सजाय घटाएको भारतको विदेश मन्त्रालयले बिहीबार बताएको छ । उनीहरूलाई कथित रूपमा इजरायलका लागि जासुसी गरेको आरोपमा गिरफ्तारीपछि मृत्युदण्डको सजाय सुनाइएको थियो । ती आठ भारतीय नागरिकलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

गिरफ्तार हुनेमा कुनै वेला युद्धपोतको कमान्ड सम्हाल्ने कप्तान पनि रहेका अधिकारीसमेत छन् । अक्टोबरमा कतारको अदालतले उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएपछि भारतमा स्तब्धता छाएको थियो । बिहीबार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै थप विवरणविना आफ्ना देशका पूर्वनौसेनाको सजाय घटाइएको जानकारी दिइएको छ । कतारले उक्त मुद्दाबारे कुनै टिप्पणी गरेको छैन । 

अदालतमा भएको पुनरावेदनको सुनुवाइमा भारतका लागि कतारी राजदूत तथा परिवारका सदस्य रहेको पनि नयाँदिल्लीले भनेको छ । ‘मुद्दाको गोपनीय र संवेदनशील प्रकृतिका कारण थप टिप्पणी गर्नु उचित छैन,’ विदेश मन्त्रालयको वेबसाइटअनुसार आठ पूर्वकर्मचारी खाडीस्थित कम्पनी अल दहराका कर्मचारी थिए । उक्त कम्पनीले एयरोस्पेस, सुरक्षा तथा रक्षा क्षेत्रमा समाधान प्रदान गर्छ । हिन्दू अखबारका अनुसार उनीहरूले ‘तेस्रो मुलुक’ (इजरायल)का लागि जासुसी गरिरहेका थिए । जसका लागि जासुसी गरिएको भनिएको हो, सो देश (इजरायल)को सरकारले उक्त मामिलामा कुनै प्रतिक्रिया दिएको छैन । 

ad
ad