१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ७ शनिबार
  • Friday, 05 July, 2024
२o८o पौष ७ शनिबार o८:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एथ्लेटिक्स ट्रयाक निर्माण समयमै नसकिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ७ शनिबार o८:४९:oo

चिसो मौसममा कालोपत्रे गर्न र एथ्लेटिक्स ट्रयाकमा सेन्थेटिक बिछ्याउन नमिल्ने जनाउँदै पञ्चकन्या एन्ड स्यांकोट्स जेभीले ६ महिना समय थप गर्न खेलकुद मन्त्रालयसँग आग्रह गरेको छ

नेपालगन्ज रंगशालामा निर्माणाधीन सेन्थेटिक एथ्लेटिक्स ट्रयाक निर्धारित समयमा पूरा नहुने भएको छ । एथ्लेटिक्स ट्रयाक २८ पुससम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । निर्माणकार्य अहिलेसम्म ६० प्रतिशत काम पूरा भएको पञ्चकन्या र स्यांकोट्स जेभीका प्रमुख इन्जिनियर मनीष साहले बताए । ‘मसिना र लामो समय लाग्ने काम सकिएको छ, अब ठूलो काम मात्र बाँकी छ,’ साहले भने ।

ट्रयाक कालोपत्रेका लागि जमिन सम्याउन सुरु भए पनि नाला निर्माणको कामसमेत भएको छैन । तर, निर्माण कम्पनी जाडोमा कालोपत्रे गर्न र सेन्थेटिक बिछ्याउन नमिल्ने जनाउँदै सम्झौता अवधि ६ महिना थप्नुपर्ने पक्षमा छ । ‘तोकिएको समयमा काम सम्पन्न गर्ने लक्ष्य छ, तर जाडोयाममा कालोपत्रे गर्न र सेन्थेटिक बिछ्याउन मिल्दैन । निर्धारित समयभन्दा चार महिना बढी समय लाग्ने निश्चित छ,’ साहले भने । निर्माण कम्पनीले समय थपका लागि खेलकुदमन्त्री डिगबहादुर लिम्बूसँग अनुरोध गरेको छ । तर, मन्त्री लिम्बूले समय थप नहुने स्पष्ट पारेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए ।

गुणस्तरीय संरचनामा जोड
निर्माणाधीन ट्रयाक अनुगमनका लागि आएका मन्त्री लिम्बूले गुणस्तरीय संरचना समयमा निर्माण गर्न निर्देशन दिएका छन् । ‘सेन्थेटिक ट्रयाक तोकिएको समयमा सम्पन्न गर्न र गुणस्तरीय संरचना निर्माण गर्न निर्माण कम्पनीलाई मन्त्रीज्यूले निर्देशन दिएर जानुभएको छ,’ चन्दले भने । 

भ्याटबाहेक नौ करोड ८६ लाख ४० हजार आठ सय ३२ रुपैयाँमा सेन्थेटिक ट्रयाक निर्माण भइरहेको छ । ट्रयाक निर्माणसँगै नालाको पनि व्यवस्था गरिएको छ । रंगशालाको पानी निकासका लागि निर्माण गरिएको नालाले थप समस्या निम्त्याउने भन्दै स्थानीयले विरोध जनाएका छन् । निकासका लागि नाला नबनाउँदासम्म रंगशालाको पानी बाहिर आउन नदिने स्थानीयले चेतावनीसमेत दिएका छन् । 

नेपालगन्ज रंगशालामा एथ्लेटिक्स ट्रयाक नहुँदा यहाँका खेलाडीलाई अभ्यास खेल खेल्न र प्रतियोगिता गर्न समस्या भएको छ । यहाँ एथ्लेटिक्स ट्रयाक नभएकै कारण आठौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत एथ्लेटिक्स प्रतियोगिता दाङको बेलझुन्डीमा भएको थियो । 

ad
ad
ad
ad