१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० पौष ६ शुक्रबार ०८:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसओएसका विद्यार्थी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट वञ्चित

एसओएसका विद्यार्थीलाई खेलबाट बन्चित गर्नुको उचित कारण के हो ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० पौष ६ शुक्रबार ०८:२१:००

मध्यपुर थिमी नगरपालिकाले गत वर्ष सिल्ड जितेको एसओएसलाई खेलमा छनोट नगरेकाेमा अभिभावकको आपत्ति

एसओएसका विद्यार्थी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट वञ्चित भएका छन् ।मध्यपुर थिमी नगरपालिकाले एसओएस हर्मन माइनर माध्यमिक विद्यालय सानोठिमी भक्तपुरमा अध्यनरत विद्यार्थीलाई राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा छनोट नगर्दा अभिभावकले आपत्ति जनाएका छन् । प्रतियोगिता यही पुस ६ गतेदेखि ८ गतेसम्म हुँदै छ। 

यस विद्यालयका विद्यार्थीले गत वर्ष सञ्चालन भएको मध्यपुर थिमी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भई सिल्ड जितेका थिए । अहिले पनि प्रतियोगितामा सहभागीताका लागि विद्यार्थीले सिल्ड जित्ने लक्ष्यका साथ बिहान र बेलुकाको समयमा राम्रो तयारी गरेका थिए । तर, प्रतियोगितामा थिमी नगरपालिकाले विद्यार्थीलाई सहभागी नै नगराउँदा अभिभावक झस्किएका छन् ।

विद्यालयले प्रतियोगितामा सहभागी हुने खेल र विद्यार्थीको नामावली समयमै आवश्यक प्रक्रिया पूरा गरी पठाए पनि नगरपालिकाले प्रकाशित गरेको खेलाडीहरूको सूचीमा यस विद्यालयका कुनै पनि विद्यार्थीको नाम प्रकाशित नभएकोमा अभिभावकले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विद्यालयसँग नगरपालिकाको कुनै किसिमको असमझदारी भए विद्यालय प्रशासनसँग बसेर मिलाउन र आफूहरूलाई प्रतियोगिताबाट वञ्चित नगर्न विद्यार्थीले मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठसमक्ष आग्रह गरेका थिए । तर, विद्यार्थीको आग्रहलाई नगर प्रमुखले बेवास्ता गरेका छन् ।

एसओएसका विद्यार्थीलाई खेलमा सहभागी नगराउँदा अरू कसैले सिल्ड जित्न सक्ने वातावरण बनाउनका लागि यस्तो निर्णय गरिएको हो कि ?  अभिभावकले आशंका गरेका छन् । एसओएसका विद्यार्थीलाई खेलबाट  वञ्चित गर्नुको उचित कारण के हो ? त्यसको निष्पक्ष छानबिन गरी त्यस्तो कुत्सित भावना राख्नेलाई हदैसम्मको सजाय हुने वातावरण निर्माण गर्न अभिभावकले आग्रहसमेत गरेका छन् ।

यसैगरी यस विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकले कुनै आग्रह वा पूर्वाग्रह नराखी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विद्यार्थीलाई सहभागी गराउने वातावरण सिर्जना गरी बालबालिकाकाे खेलकुदमा सहभागी भई मनाेरञ्जन प्राप्त गर्ने र प्रतिभा प्रस्फुटन गर्ने अवसरलाई सुनिश्चित गराइदिन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गरेका छन् ।