१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जाडोमा वायु प्रदूषणको असर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o८:oo

वायु प्रदूषणबाट सधैँ सतर्क रहनुपर्छ । हिउँदमा हुने सुक्खापनले अझै प्रदूषण बढ्छ । यस मौसममा चिसोले समेत समस्या निम्त्याउँछ । धुवाँ–धुलो र प्रदूषणका कारण छातीसम्बन्धी विभिन्न समस्या देखापर्ने गर्छन् । सहरी क्षेत्रमा गाडीको अत्यधिक चाप र यसबाट निस्कने फोहोरले मानिसको स्वास्थ्यमा बढी असर गरिरहेको हुन्छ । 

प्रदूषण किन हुन्छ ?
वायुमण्डलमा हानिकारक तत्वहरू रहेको अवस्था ‘वायु प्रदूषण’ हो । प्राकृतिक र औद्योगिक दुवै कारणले यस्ता तत्वहरू निस्किरहेका हुन्छन् । सहरी क्षेत्रमा विशेषगरी यातायात र उद्योगले प्रदूषण बढाइरहेको हुन्छ । यसबाट निस्कने धुवाँमा कार्बनमनोअक्साइड, सल्फर डिअक्साइड, नाइट्रोजन अक्साइडलगायत हानिकारक तत्वहरू हुन्छन् ।  त्यस्तै, फोहोरले पनि प्रदूषण निम्त्याइरहेको हुन्छ । यसले विभिन्न संक्रमणहरू सार्न सक्छ । 

जाडोमा समस्या किन बढी देखिन्छ ?
जाडोमा हावाको घनत्व बढ्ने र तापक्रम कम हुने भएकाले प्रदूषणको स्तर बढ्छ । प्रदूषणको स्तर बढ्नुको अर्को कारण हावा कम चल्नु पनि हो । त्यस्तै, जाडोमा हावाको आद्र्रता कम हुन्छ । सक्खा हावाले धेरै प्रदूषण समात्छ । अर्कोतर्फ, तातो हावाको दाँजोमा चिसो हावा भित्रसम्म गढ्छ र जटिलता निम्त्याउँछ । प्रदूषणले श्वासप्रश्वाससँग जोडिएका विभिन्न स्वास्थ्य समस्या निकाल्छ । 

बच्न के गर्ने ?
- प्रदूषण भएपछि सास फेर्दा हाम्रो फोक्सोमा जान्छ र एजर्ली, रुघा, दमलगायत रोग देखाउँछ ।  जटिल अवस्थामा फोक्सोको क्यान्सर, मुटुको समस्या पनि देखाइरहेको हुन्छ । यस मौसममा छाला सुक्खा हुने तथा छालामा विभिन्न एलर्जीहरू देखिने गर्छ । हामीले मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । आँखामा चस्मा लगाउन सकिन्छ । सरसफाइमा ध्यान दिनुपर्छ । छालामा एलर्जी आउन नदिन बाहिर निस्कँदा सनब्लक लगाउनुपर्छ । 

- मुटुरोगी, दमको समस्या भएकाहरू चिसोबाट बच्न जरुरी छ । बिहानै चिसोमा बाहिर निस्कनुहुँदैन । बरु, घरमै जुम्बा, योगा, एरोबिक्सलगायत अभ्यास गर्न सकिन्छ । वाकमै निस्कन मन छ भने हल्का घाम लागेर वातावरण न्यानो भएपछि निस्कँदा हुन्छ । शारीरिक रूपमा सक्रिय रहन जरुरी छ । 

- बालबालिका र वृद्धवृद्धाको विशेष स्याहार गर्नुपर्छ । शरीरमा पानीको कमीका कारण पनि विभिन्न समस्या देखिने भएकाले पानी प्रशस्तै पिउनुपर्छ । 

ad
ad