१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०८० मङ्सिर २७ बुधबार १७:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन महिना ढिलो खुलेको महाकाली नदी रोयल्टी संकलनमा पहिलो दिनै किचलो 

वडाध्यक्ष थापा र मेयर बोगटीबीच विवाद 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० मङ्सिर २७ बुधबार १७:४२:००

ढिलो गरी खुलेको महाकाली नदीको रोयल्टी संकलन कार्य पहिलो दिनमै किचलो मच्चिएको छ। झन्डै तीन महिनापछि खुलेको महाकाली नदीको रोयल्टी संकलनमा पहिलो दिनमै किचलो मच्चिएको हो। 

नदीजन्य पदार्थ उत्खननको विषयलाई लिएर भीमदत्त नगरपालिकाकै जनप्रतिनिधिबीच एकआपसमा किचलो मच्चिएपछि भुजेलाघाटबाट ठूला सवारीसाधनबाट नभई टेक्टर मात्रै नदीमा हाल्न दिइएको छ। 

१ असोजमा खुल्नुपर्ने महाकाली २७ मंसिरमा आएर खुलेको छ। ढिलो गरी खुलेको महाकाली पहिलो दिन अवलोकनका लागि बिहान भुजेलाघाट पुगेका भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र भीनपा ११ का वडाध्यक्ष प्रकाश थापाबीच विवाद उत्पन्न भएको छ। उनीहरूबीच एकआपसमा चर्चाचर्की नै भएको छ। 

भुजेलाघाट पुगेका मेयर बोगटीसँग वडाध्यक्ष थापा उत्खनन क्षेत्रको विषयलाई लिएर कडा रूपमा प्रस्तुत भएका थिए। वडाध्यक्ष थापाले नदीजन्य पदार्थ उत्खनन् गर्नुपर्ने स्थानको सीमाङकन हुनुपर्ने, जिल्ला समन्वय समितिबाट अनुमति ल्याउनुपर्ने, ठूला सवारीसाधन नदीमा हाल्न नपाइने भनेपछि मेयर बोगटीबीच चर्काचर्की भएको थियो। 

वडाध्यक्ष थापाले आफूले मेयरसँग मापदण्ड अनुरुप उत्खनन् गर्नुपर्ने त्यसका लागि प्राविधिक टोली ल्याएर सीमांकन गर्नुपर्ने माग अघि सारेको बताए।

‘मैले अघि सारेका विषयमा मेयर साप सहमत हुन भएन। ‘वडाध्यक्ष थापाले भने, ‘त्यही भएर विवाद भयो, मसँग रहेका स्थानीयले समेत मापदण्डअनुरूप मात्रै नदी उत्खनन हुनुपर्ने विषय राखेका थिए।’ 

मेयर बोगटीले ढिलो गरी महाकाली नदी ठेक्का लागेकाले पालिकाको कामकाज अघि बढेकाले विवाद नगर्न वडाध्यक्ष थापासँग अनुरोध गरेका थिए। मेयर बोगटीको सचिवालयका अनुसार उनले वडाध्यक्ष थापासँग पालिकासँग जोडिएको विकास निर्माण नगर्नका लागि अनुरोध गरेका थिए। 

विगतका दुई आर्थिक वर्ष महाकाली नदी रोयल्टी संकलन कार्यमा अनियमितता भएको भन्दै अख्तियारमा मुद्दा परेर पूर्वजनप्रतिनिधि र कर्मचारीविरुद्धमा मुद्दा परेको थियो। गत आर्थिक वर्ष ०७८-७९मा भीमदत्त नगरपालिकाले अमादी र दोधाराचाँदनी नगरपालिकाले ठेक्का लगाएको थियो। 

चालू वर्षमा दुवै नगरपालिकाबीच रोयल्टी ५६ र ४६ प्रतिशत वितरण गर्ने सम्झौता भएपछि भीमदत्त नगरपालिकाले ठेक्का लगाएको थियो। टाइगर सगरमाथा जेभी काठमाडौंले भ्याटसहित ७ करोड ७७ लाखमा रोयल्टी ठेक्का पाएको थियो। ढिलो गरी खुलेको महाकालीमै पहिलो दिनमै विवाद भएपछि व्यवसायी संशकित भएका छन्।