१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख १८ मंगलबार ११:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य टनेल जोडियो

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:५४:oo

म्याग्दीको रघुगंगा गाउँपालिका– ८ कुइनेमंगलेमा निर्माणाधीन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य टनेल जोडिएको छ। 

संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरिरहेको यस आयोजनाको इन्लेट र आउटलेटबाट खन्न थालिएको सुरुङ शनिबार जोडिएको हो।  दुई हजार सात सय मिटर लामो टनेल करिब २० महिनामा सकिएको आयोजना प्रमुख रवीन्द्र हमालले जानकारी दिए। 

‘०७८ मंसिरदेखि हामीले टनेल निर्माण सुरु गरेका हौँ, तर यो बीचमा प्राकृतिक विपत्तिलगायतको कारण हामीले जम्मा २० महिना मात्रै काम गर्न पायौँ, भौगोलिक कठिनाइ र प्राकृतिक विपत्तिबीच पनि आयोजनाले सन्तोषजनक रूपमा निर्माण कार्य अघि बढाएको छ,’ आयोजना प्रमुख हमालले भने।  

अहिलेसम्म करिब ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको यस आयोजनामा अहिले दुई सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। आगामी आठ महिनाभित्र निर्माण सकेर विद्युत् उत्पादन हुने आयोजनाले लक्ष्य लिएको यस आयोजना रघुगंगा गाउँपालिकामा निर्माण सम्पन्न हुने पहिलो जलविद्युत् आयोजना बन्नेछ। 

आयोजनाको मुहान रहेको फेदीखोलास्थित ड्यामसाइड र छरीस्थित रघुगंगा नदीको किनारमा विद्युतगृह निर्माणको कामसमेत धमाधम भइरहेको छ। 

६ सय मिटर लामो पेनस्टक टनेल रहने यस आयोजनामा चार सय ९५ मिटर पेनस्टक टनेल खनिसकिएको छ भने एक सय मिटर भर्टिकल पेनस्टक टनेलमध्ये पचास मिटर खन्न बाँकी छ। 

३० प्रतिशत इक्युटी रहेको यस आयोजनामा प्रवर्द्धकको तर्फबाट गैरआवासीय नेपाली र नेपालीहरूको लगानी रहेको छ  भने नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले ७० प्रतिशत रकम लगानी गरेको आयोजनाले जनाएको छ।

आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर/त्रिपल एस जेभीले आवश्यक जनशक्ति र मेसिन उपकरण परिचालन गरेर आयोजनालाई थप गरिएको लक्ष्यमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। आयोजना सम्पन्न गर्न करिब तीन अर्ब ६० करोड लागत अनुमान गरिएको छ। 

ad
ad