१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २३ शनिबार
  • Monday, 01 July, 2024
२o८o मङ्सिर २३ शनिबार ११:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फिचर डिजिटल संस्करण

‘बुक फ्री फ्राइडे’मा व्यावहारिक ज्ञान 

‘बुक फ्री फ्राइडे’ लागू भएपछि विद्यार्थीमा जति उत्सुकता छ, शिक्षकमा पनि त्यति नै उत्सुकता देखिन्छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २३ शनिबार ११:२३:oo

काठमाडौं महानगरपालिकाले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यार्थीहरूले शुक्रबार किताब बोकेर विद्यालय जानुपर्नेछैन। तर, उनीहरू शुक्रबार पनि समयमै विद्यालय जान्छन् । किनकि शुक्रबार ‘बुक फ्री फ्राइडे’ भएकाले अतिरिक्त क्रियाकलाप गरेर उनीहरूले व्यावहारिक ज्ञान सिक्दै आएका छन् । 

यही शैक्षिक सत्रबाट सञ्चालनमा आएको यस कार्यक्रममा विद्यार्थीहरू हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत कार्यक्रममा सहभागी हुन्छन् । साथै खाना पकाउने, मकै भुट्ने, घर सरसफाइ गर्नेलगायत काममा पनि सहभागी हुन्छन् । गमलामा रंग लगाउने, चित्र बनाउने, फूल गोड्नेलगायत काम पनि विद्यार्थी खुसी भएर सहभागी हुन्छन् । यस्ता काम गर्दा विद्यार्थी एकदमै खुसी हुने गरेको शिक्षकहरूको अनुभव छ ।

भानु मावि रानीपोखरीमा कक्षा ९ मा अध्ययनरत छात्रा कृपा श्रेष्ठ भन्छिन्, ‘स्कुलमा करेसाबारी सरसफाइ गर्न सिक्नेदेखि ब्युटीसम्बन्धी कक्षा पनि हुन्छन् । यस्ता क्रियाकलापले स्कुलपछि हामीले हाम्रो रुचिअनुसार कस्तो विषय पढ्ने भन्ने कुराको डिसिजन गर्न पनि सक्षम हुन्छौँ जस्तो लाग्छ ।’

डान्स सिक्न पाइने, गीत गाउन सिक्न पाइने, चित्र बनाउन पाइने भएकाले आजकल स्कुल आउन झनै मन लाग्ने कृपाले बताइन् । उनी मात्र होइन, उनीसँगै पढ्ने आरुष महर्जनको पनि त्यस्तै अनुभव छ । आरुष भन्छन्, ‘स्कुलमा आजकल धेरै कुरा सिक्न पाएको छु । स्कुलमा सिकेको काम घरमा पनि गर्छु ।’ ‘बुक फ्री फ्राइडे’ आफूलाई राम्रो लागेको र यो योजनाले सधैँ निरन्तरता पाउनुपर्छ भन्नेमा आफू रहेको उनी बताउँछन् ।

 ‘बुक फ्री फ्राइडे’ लागू भएपछि विद्यार्थीमा जति उत्सुकता छ, शिक्षकमा पनि त्यति नै उत्सुकता देखिन्छ । विद्यार्थीलाई माटोसँग घुलमिल गराउँदा श्रम संस्कृतिको विकास हुने र आफूहरूले पनि केही सिक्न पाइने शिक्षकहरूको भनाइ छ ।

‘बुक फ्री फ्राइडे’ लागू भएपछि विद्यार्थीमा जति उत्सुकता छ, शिक्षकहरूमा पनि त्यति नै उत्सुकता देखिन्छ । विद्यार्थीलाई माटोसँग घुलमिल गराउँदा श्रम संस्कृतिको विकास हुने र आफूहरूले पनि केही सिक्न पाइने शिक्षकको भनाइ छ । ‘बुक फ्री फ्राइडे’ले विशेषगरी विद्यार्थीको रुचिको विषय के छ भन्ने बुझिने र पछि अविभावकलाई बालबालिकाको रुचिको विषय छुट्याउन पनि सजिलो हुने शिक्षकहरूको विश्वास छ । तर, सीमित स्रोतसाधन र सानो ठाउँ भएकाले धेरै विद्यार्थीलाई थोरै ठाउँमा काम सिकाउनुपर्ने बाध्यता भएको भानु माविकी शिक्षिका देवकी आचार्य बताउँछिन् । 

यो कार्यक्रम काठमाडौं महानगरपालिकाअन्तर्गत सबै सामुदायिक विद्यालयमा लागू भएको छ । विभिन्न स्कुलमा फरक–फरक विषयमा विशेष कक्षा पनि सञ्चालन भइरहेका छन् । यसैअन्तर्गत नन्दी रात्रि स्कुलमा सिलाइसम्बन्धी कक्षा समापन भएर ब्युटिसियनसम्बन्धी कक्षा सञ्चालनमा आउने तयारीमा छ । यहाँ पनि विद्यार्थीको उत्सुकता धेरै नै छ । कविता लेखन र वाचन, निबन्ध लेखन र वाचन, चित्रकलालगायत कक्षा निरन्तर जारी छ । 

नन्दी स्कुलमा कक्षा ९ मा अध्ययनरत सन्तोष मण्डलले टेलरिङ सिकेका छन् । उनले यो सीपबाट उच्च शिक्षा अध्ययन गर्दा पार्टटाइम काम पाइने विश्वास गरेका छन् । यस्ता क्रियाकलापले पढ्न झनै जाँगर बढाएको उनको भनाइ छ ।

उनीसँगै पढ्ने सुहाना खानको भने कुरा अलिक फरक छ । उनी भन्छिन्, ‘सबै क्रियाकलाप राम्रा छन् । तर, सिलाइसम्बन्धी सिकाइको कक्षा थोरै भयो । घरमा सामान्य उधेका लुगा सिलाउन त आउने भयो । तर, पूर्ण रूपमा आउने भएन । स्कुलको पढाइ सकिँदा पूर्ण रूपमा यो सीप आउने भए झनै कति राम्रो हुन्थ्यो ।’ अब कक्षामा जुन–जुन सीप सिकाउने योजना आउँछ, सबैमा मिहिनेत गरेर सिक्ने उनले बताइन् । 

‘बुक फ्री फ्राइडे’ मा उत्साह देखिएको छ । तर, समस्या नभएको भने होइन । सहायक प्राध्यापक बलराम पौडेलका अनुसार ठाउँ सानो, धेरै विद्यार्थी अनि शिक्षकमा पनि के गर्ने कसो गर्ने भन्ने उस्तै अन्योल । उनी भन्छन्, ‘महानगरपालिकाले निर्देशिका बनाएर अगाडि बढेको भए अलि सजिलो हुने थियो । अहिलेको विशेष क्रियाकलापहरूको समयावधि बढाउन पाए अझै राम्रो हुने थियो । आर्थिक रूपले पनि समस्या छन् ।’ 

 

ad
ad
ad
ad