मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Wednesday, 02 September, 2026
२o८o मङ्सिर १५ शुक्रबार २२:५७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनले १० करोड टनको तेल भण्डार पत्ता लगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार २२:५७:oo

पेट्रो चीनको शाखा चाङछिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ।

हालसम्म चाङछिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको (प्रमाणित) तेल भण्डार र ५६.२ मिलियन टनको (अनुमानित) तेल भण्डार फेला पारेको  चाङछिङ आयलफिल्ड कम्पनीका उपमहाप्रबन्धक निउ सियाओबिङले बताएका छन्।

हाल नयाँ तेल क्षेत्रको दैनिक कच्चा तेल उत्पादन ५०४ टन पुगेको छ र पत्ता लगाइएको तेल भण्डारहरूले प्रतिवर्ष ५००,००० टनको कच्चा तेल उत्पादन क्षमता बनाएको निउले उल्लेख गरेका छन् ।

यसअघि, चाछछिङ आयलफिल्डले विश्वस्तरीय अल्ट्रा–ठूलो तेल निर्माण गरेको थियो । (सिन्ह्वा)