Skip This
काभ्रेमा सवारी दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Friday, 26 July, 2024
२o८o मङ्सिर १४ बिहीबार १६:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेमा सवारी दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार १६:२२:oo

काभ्रेको रोशी गाउँपालिका– ११ डालाबेँसीस्थित बिपी राजमार्गमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहीबार काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र.०२–०२४ प ४०९२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टँदा सोही दिशाबाट आउँदै गरेको बा.४ ख ७५१८ नम्बरको बससँग ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकलचालक काठमाडौं महानगरपालिका–११ का ६१ वर्षीय ज्ञानराज गिरी र पछाडि सवार उनकी श्रीमती ६१ वर्षीया बिन्दा गिरी घाइते भएका थिए। इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले उपचारका लागि धुलिखेल अस्पताल पठाएको थियो।

घाइते बिन्दा गिरीको उपचारको क्रममा मृत्यु भएको र मोटरसाइकलचालक ज्ञानराज गिरीको उपचार भइरहेको प्रहरीले जनाएको छ।