मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Friday, 28 August, 2026
२o८o मङ्सिर ११ सोमबार १९:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चट्याङ लागेर १८ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार १९:५१:oo

भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण  कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

जाडोयाममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन। भीषण वर्षाले धेरैलाई तर्साएको छ।

भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौँ मानिसको मृत्यु हुने गरेको भए तापनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटनाहरू निम्त्याइरहेको बताएका छन्। 

भारी वर्षाका कारण कम्तीमा २० जनाको मृत्यु भएको र तीमध्ये १८ जना चट्याङका कारण मृत्यु भएको गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।

वर्षा र चट्याङका कारण कम्तीमा ४० वटा जनावर पनि मरेका छन्। गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै मृत्युबाट आफू निकै दुःखी भएको बताएका छन्।