१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
द इकोनोमिस्ट
२०८० मङ्सिर ५ मंगलबार ०८:३६:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

सुडान युद्ध र अनिकालको बेवास्ता

६० लाख मानिस अनिकालको सँघारमा पुग्दा राष्ट्रसंघले चासो देखाएको छैन भने अमेरिकी ध्यान अन्यत्र मोडिएको छ

Read Time : > 2 मिनेट
द इकोनोमिस्ट
२०८० मङ्सिर ५ मंगलबार ०८:३६:००

सुडानको अवस्थाका विवरण हृदयविदारक र उनीहरूले व्यहोरिरहेका दुःख र पीडा अकल्पनीय लाग्छन् । आमनरसंहारकारी बन्दुकधारीले मसालितका मानिसको खोजीमा यसै महिनाको सुरुमा तीन दिनसम्म सुडानको डार्फरस्थित शरणार्थी शिविरका हरेक घर खंगाले ।

उनीहरूले भेटेसम्मका मसालितका मानिसको हत्या गरे (पश्चिमी सुडानमा बसोवास गर्ने यो जातीय समूहले मसालित भाषा बोल्छ र उनीहरूको संख्या १४ लाखजति छ) । तर, यस्तो खालको यो पहिलो आक्रमण भने होइन । यो आक्रमण समाप्त हुँदासम्म यस अश्वेत–अफ्रिकी जातीय समूहका आठ सयदेखि १३ सय सदस्य मारिएको स्थानीय बताउँछन् ।

अपुष्ट भिडिओमा डार्फरका सडक लासैलासले भरिएका र सामूहिक चिहानजस्तो देखिने एउटा स्थानमा भयभीत मानिसको भिड लागेको र उनीहरूलाई अर्धसैनिक समूह अरब र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का लडाकुले पिट्दै गरेको देखिन्छ । ‘हाम्रो वरपर आमनरसंहार भइरहेको छ,’ एकजना थकित सहायताकर्मीले भने, ‘परिस्थिति एकदमै निराशाजनक छ ।’ तर, यो जातीय सफाया सुडानका चार विपत्तिमध्ये एउटा मात्र हो ।

सुडानको अहिलेको दोस्रो विपत्ति हो गृहयुद्ध । सात महिनाअघि आरएसएफ र सुडानी सशस्त्र बल (साफ) बीच युद्ध भड्कियो, जसमा राजधानी खार्तुमको केही भाग तहसनहस हुनुका साथै १० हजारभन्दा बढीको ज्यान गएको दाबी गरिन्छ । धेरै हदसम्म स्थिर रहेका द्वन्द्वका अग्रमोर्चा पछिल्लो समय द्रुत गतिमा सर्न थालेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) बाट नियमित रूपमा ओइरिएका हतियारको बलमा आरएसएफले डार्फरको अधिकांश भागमा नियन्त्रण जमाउँदै लगेको छ । उसले डार्फरमा रहेका मसालितलाई उन्मूलन गर्ने मनसाय राखेको देखिन्छ । उसले खार्तुममा पनि नियन्त्रण जमाउँदै गएको देखिन्छ, जहाँ बाँकी नागरिक घेरिन पुगेका छन् ।

यो द्वन्द्वका कारण करिब ६३ लाख मानिस आफ्नो थातथालोबाट विस्थापित भएका छन् (यो संख्या यसअघिका हिंसात्मक घटनामा विस्थापित ३७ लाखबाहेक हो) । र, यसलाई संयुक्त राष्ट्रसंघले ‘पछिल्लो इतिहासकै सबैभन्दा खराब मानवीय संकटमध्ये एक’को रूपमा वर्णन गरेको छ । बमबारी वा लडाइँका कारण खार्तुमका करिब तीनचौथाइ अस्पताल र क्लिनिक बन्द भइसकेका छन् । आरएसएफको नियन्त्रणमा रहेको सहरका केही भागमा अहिले पनि केही अस्पताल र क्लिनिक जसोतसो सञ्चालनमा त छन्, तर ती पनि प्रतिद्वन्द्वी अर्थात् सरकारी सेना एसएउफको नाकाबन्दीका कारण खाद्यान्न र स्वास्थ्य सामग्रीको चरम अभाव झेलिरहेका छन् । दुवै पक्ष युद्धविरामका लागि सहमत हुने आशा एकदमै कम छ । 

हरेक पक्ष अझै पनि वार्ताभन्दा लडाइँबाट नै बढी लाभ उठाउन सकिन्छ भन्ने सोच्छ । यसको कारण के हो भने यो समग्र युद्ध मेडिकिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) प्रमुख जनरल अब्देल–फत्तह अल–बुरहान र आरएसएफका नेता मुहम्मद हमदान दागलो (हेमेद्दीको नामले चिनिने) बीचको शक्तिको लडाइँ मात्रै होइन । यी दुई लामो समयदेखि सत्तासीन तानाशाह ओमार अल बसिरलाई सत्ताच्युत गरेपछि सन् २०२१ मा नागरिक सरकारको उदयलाई रोक्न ‘कु’मा सहकार्य गरेका व्यक्ति हुन् । तर, अप्रिलबाट यी दुवैमा सम्पूर्ण शक्ति आफैँले लिने भूत सवार भयो र शक्ति हत्याउन युद्धरत छन् । 

सुडानको तेस्रो विपत्ति भोकमरी भएको छ । गृहयुद्धले सुडानको अर्थतन्त्रलाई तहसनहस पारिसकेको छ । यसको बैंकिङ प्रणालीलाई ध्वस्त पारेको छ । यहाँका नागरिकलाई विस्थापित गरेको छ र सुडानलाई प्रतिद्वन्द्वी क्षेत्रमा विभाजित गरेको छ । आपूर्ति शृंखलालाई अवरुद्ध पारेर खाद्यान्नको मूल्य आकाशमा पु¥याएको छ । फलस्वरूप, दुई करोड मानिससँग खानका लागि पर्याप्त खाद्यान्न छैन । यीमध्ये ६० लाख मानिस अनिकालको संघारमा पुगेका छन् । ४० प्रतिशत गर्भवती महिला र स्तनपान गराउने आमाहरू भोकमरीको चपेटामा परिसकेका छन् । आगामी महिनामा सहायताको अभाव भयो भने दसौँ हजार मानिस भोकमरीको जोखिममा हुनेछन् । तर, सहायता एजेन्सीले आपूर्तिको व्यवस्था मिलाउन सकिरहेका छैनन् । मुख्य आयातमार्ग पोर्ट सुडान एसएएफको नियन्त्रणमा छ र उसले आरएसएफ–नियन्त्रित क्षेत्रमा सहायताकर्मी र आपूर्तिको प्रवाहलाई रोकिरहेको छ ।

अहिले सुडानको चौथो दुःख अन्तर्राष्ट्रिय जगत्को चरम उदासीनता भएको, जसकारण एसएफ आफ्ना मानिसलाई भोकभोकै राख्न सक्षम भएको छ भने आरएसएफ डार्फरलाई जातीय रूपमा सफा गर्न सक्षम भएको छ । इथियोपियाको टिग्रे क्षेत्रको गृहयुद्धमा तीन लाख ८५ हजार देखि ६ लाख मानिसको मृत्यु हुँदासमेत उदासीन रहेको अफ्रिकी युनियनलाई यो विपत्तिले पनि छोएको देखिँदैन, ऊ अविचलितै देखिन्छ ।

अफ्रिकी युनियन सदस्य राष्ट्रको मामिलामा ‘अहस्तक्षेप’को नीति देखाउँदै पछि हटेको देखिन्छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् उस्तै दन्तहीन भएको छ र सुडानबारे अनौपचारिक परामर्शमै सीमित देखिएको छ । यद्यपि सुरक्षा परिषद्को हात रणनीतिक स्वार्थ वा युक्रेन र सिरियाजस्ता ठूला शक्तिबीचको गहिरो विभाजनका कारण बाँधिएको होइन । घोर उपेक्षाका कारण उसको नजर यहाँ नपुगेको हो । अमेरिकाले खासै ध्यान दिन सकेको छैन । उसको ध्यान मुख्यतः युक्रेन र पछिल्लो समय गाजामा देखिन्छ । ‘यो मौनता डरलाग्दो छ,’ नर्वेजियन रिफ्युजी काउन्सिलका म्याथिल्डे वु भन्छन् । 

तर, विश्वले असहाय भएर विपत्तिको तमासा हेर्नु हुँदैन । पैसाका लागि सहायता एजेन्सीहरूले गरेका अनुरोध सरकारले पूरा गर्नुपर्छ । दुबईमा हुन गइरहेको जलवायु परिवर्तनको शिखर सम्मेलनअघि नै अमेरिका र उसका सहयोगीले आमनरसंहारकारी लडाकुलाई हतियारको आपूर्ति रोक्न संयुक्त अरब इमिरेट्सलाई दबाब दिनुपर्छ । अफ्रिकी नेताले आफ्नो कूटनीतिक प्रयासलाई दोब्बर पार्नुपर्छ । सुडानको युद्धरत पक्षलाई नागरिकको सुरक्षा गर्न र सहयोग गर्न सुरक्षा परिषद्ले प्रस्ताव पारित गर्न सक्नुपर्छ । यसले उनीहरूलाई युद्ध अपराधमा मुद्दा चलाइन सकिने चेतावनीको पनि काम गर्नेछ ।

यो विश्वमा संकटको खाँचो छैन । तर, यो संकट जटिल छ र अमेरिका सन् २००० को दशकको तुलनामा कम प्रभावशाली भएको छ । पहिले अमेरिकाले ढिलो गरेर डार्फरमा जातीय सफाया रोक्न पहल लिएको थियो । ठूला शक्तिले यसमा ध्यान