१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
जिल्ला प्रहरी कार्यालय मुगुमा शुक्रबार हत्या आरोपी सार्वजनिक गर्दै प्रहरी । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मुगु सामूहिक हत्याका आरोपित सार्वजनिक : गहना लुट्न पाहुना बनेर छिरेका थिए हत्यारा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:४२:oo

एकै परिवारका चार सदस्यको हत्या भएको घटनामा संलग्न दुई आरोपितलाई पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार मुगुको छाँयानाथ रारा नगरपालिका– ७ पिना घर भई हाल बाँकेको बैजनाथ गाउँपालिका– १ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय काले भनिने गोर्खराज शाही र छाँयानाथ रारा– ६ मन्दु घर भएका ३१ वर्षीय गोपालबहादुर बोहराले सामूहिक हत्या गरेका हुन् ।

उनीहरूलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले आफन्त बनेर घरभित्र छिरेका उनीहरूले त्यसै राति तीन बच्चा र आमाको हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए । प्रहरीले शाहीलाई २० कात्तिकमा सुर्खेतको वीरेन्द्रनगर नगारपालिका– ५ स्थित पञ्चकोशी टोलबाट र बोहरालाई मन्दुस्थित घरबाटै नियन्त्रणमा लिएको थियो । 

छायाँनाथ रारा गाउँपालिका– ६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षीय छोरा मनोज, सात वर्षकी छोरी अप्सरा तथा एक वर्षका छोरा रहरको घरभित्रै हत्या गरिएको अवस्थामा गत १० कात्तिकमा शव फेला परेको थियो । 

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममै ८ कात्तिकमा उनीहरूको सामूहिक हत्या भएको अनुमानसहित अनुसन्धान अघि बढाएको थियो । श्रीदेवीका श्रमान् दीपक बोहरा भने घटनाका वेला वैदेशिक रोजगारका लागि विदेशमा थिए । 

डिएसपी थापाका अनुसार गोपालले हत्याको मुख्य योजाना बनाएका थिए । दीपकसँगको सामान्य रिसिबी साँध्ने तथा श्रीदेवीको घरमा रहेको धनसम्पत्ति लुट्ने योजनासहित हत्याको योजना बनाएको पाइएको छ । हत्याको योजना बनाएपछि गोपालले गोर्खराजलाई भेटी श्रीदेवीसँग १०–१२ तोला सुन र नगद भएको भन्दै लुटपाट गर्ने सल्लाह गरेका थिए ।

प्रहरीका अनुसार त्यसअघि गोपाल बोहरा वैदेशिक रोजागारीका लागि कतार गएकोमा राम्रो कम्पनीमा काम नपाई दुई वर्षमै नेपाल फर्किएपछि श्रीदेवीका श्रीमान् दीपकको सम्पर्कमा पुगेका थिए । दीपकले काम गर्ने कम्पनीमा राम्रो कमाइ भएकाले आफूलाई पनि सोही कम्पनीको भिसा पठाइदिन आग्रह गरेको, तर दीपकले आफूले त्यसो गर्न नसक्ने बताएपछि बदला लिन दीपकको परिवारको हत्या गर्ने योजनामा गोपाल पुगेका थिए । हत्या र लुटपाटको योजना बनाएपछि उनले गोर्खराजसँग सहयोग मागी योजना सुनाएका थिए र बोलाएका थिए । 

यसरी भएको थियो हत्या
प्रहरीका अनुसार गोपालसँगका सल्लाहपछि ५ कात्तिकमा सुर्खेतबाट हिँडेका गोर्खराज भोलिपल्ट मुगु पुगेका थिए । गोपालसँग भेट गरेपछि दुवैजना कसैले थाहा नपाऊन् भनी घरको तल्लो तलामा रहेको खरायो बस्ने कोठामा लुकेर बसेका थिए । भोलिपल्ट ७ कात्तिकको दिनभर मन्दुगाउँस्थित एक सामुदायिक विद्यालयनजिकै खोलामा लुकेर बसेका थिए भने साँझ गोपालको पुरानो घरको गोठमा गएर लुकेर बसेका थिए । त्यसको भोलिपल्ट ८ कात्तिकको बेलुकी दसैँको टीका लगाएर माइतीबाट फर्किएकी श्रीदेवीको घरमा वास माग्न पुगेका थिए । 

छोराछोरीसहित आफूले खाना खाएर सुत्ने तयारीमा रहेकी श्रीदेवीलाई बोलाएर ढोका खोल्न लगाई उनीहरू घरभित्र पसेका थिए । गोपाल सोही गाउँको भएको तथा गोर्खराजसँग समेत चिनजान भएकाले श्रीदेवीले रातिको समयमा पनि ढोका खोलेर उनीहरूलाई घरभित्र पस्न दिएकी थिइन् । त्यसरी भित्र पसेका उनीहरूले सबैको हत्या गरेका थिए । प्रहरीलाई उनीहरूले दिएको बयानअनुसार हत्यापछि श्रीदेवीले बोक्दै आएको एक थान ओप्पो मोबाइल, कानमा लगाएको करिब साढे दुई तोलाबराबरको सुनको रिङ, घाँटीमा लगाएको २५ लालको तिलहरी लुटेका थिए । 

हत्यापछि गोर्खराज मुगु र जुम्लाको सिमाना भुल्भुलेसम्म पैदल हिँडेर त्यहाँबाट सुर्खेत जाने बस चढेर ९ कात्तिकको बिहान ९ बजे सुर्खेत पुगेको प्रहरीको अनुसन्धानमा खुलेको छ । श्रीदेवीबाट लुटिएको मोबाइलमा गोर्खराजले आफ्नो सिम हालेर चलाएका थिए । 

अनुसन्धानका क्रममा प्रहरीले २३ कात्तिकमा नेपालगन्ज उपमहानगरपालिका– १८ कारकान्दोस्थित गजेन्द्रविक्रम शाहीको घरमा लुकाइछिपाइ राखेको साइ किर्पा गोल्ड चिया लेखिएको झोलामा एक लाख ७९ हजार नगद र एक थान आफ्नै नामको बस टिकट, आफ्नै नामको नेपाली राहदानी र दुईवटा सिम कार्डका खाली खोल बरामद गरेको थियो । 

ad
ad