१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० कार्तिक २४ शुक्रबार ११:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सौर्य सिमेन्टको मिथिला लोक चित्रकला प्रतियोगिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० कार्तिक २४ शुक्रबार ११:००:००

 सौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले ‘सौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश प्रदेशलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिलाहरू सहभागी हुन सक्ने जनाइएको छ ।

तीन विभिन्न चरणमा सम्पन्न हुने जनाइएको छ । जसको पहिलो चरणमा आवेदन दिने उल्लेख छ । आवेदकमध्येबाट ७५ जना प्रतियोगी छानिने र उनीहरूले दोस्रो चरणमा कम्पनीले उललेख गरेको विषयमा मिथिला चित्रकला बनाउनुपर्ने जनाइएको छ । अन्तिम चरणका लागि १५ जना सहभागी चुनिने र उनीहरूले सौर्य सिमेन्ट उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनुपर्ने कम्पनीले जनाएको छ । भित्तामा कोरिएको चित्रका आधारमा विजेता चयन गरिने जनाइएको छ ।

 प्रतियोगितामा विजयीले ७५ हजार रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, १२ जनालाई सान्त्वनास्वरूप पाँच हजार रुपैयाँ उपलब्ध गराइने उल्लेख छ ।