Skip This
सौर्य सिमेन्टको वृक्षारोपण कार्यक्रम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार o६:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सौर्य सिमेन्टको वृक्षारोपण कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o६:३५:oo

सौर्य सिमेन्टले विश्व वातावरण दिवसको अवसर पारेर आफ्नो उद्योग परिसरभित्र वृक्षारोपण कार्यक्रम गरेको छ । वृक्षारोपण मात्र गर्ने भन्दा पनि त्यसलाई हुर्काई सफल बनाउनका लागि कम्पनीले उद्योग परिसरमा वृक्षारोपण गरेको हो । वृक्षारोपणमा सौर्य सिमेन्टका विक्रेताहरू, उद्योग परिसरका कर्मचारीहरू सहभागी रहेको जनाइएको छ ।

वृक्षारोपणमा आँप, लिची, अम्बा, कागती, नरिवलजस्ता विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको कम्पनीले जनाएको छ । प्रत्येक बिरुवामा विक्रेता र कर्मचारीको नाम, बिरुवा रोपिएको मिति, बिरुवाको प्रजाति र जैविक नाम अंकित सूचना पनि राखिएको कम्पनीले उल्लेख गरेको छ । रोपिएको बिरुवालाई हुर्काउन तथा मलजलका लागि मालीको पनि व्यवस्था गरिएको जनाइएको छ । 

कम्पनीका ब्रान्ड म्यानेजर अनुज महतले सबैलाई आफ्नो घर र घरको परिसर हरियाली होस् भन्ने चाहना हुने बताए । उनले भने, ‘हामीले हाम्रो वातावरणलाई स्वच्छ पार्न र हाम्रो समाजप्रतिको दायित्व निभाउन यो कार्यक्रम गरेका हौँ र आगामी दिनमा पनि यस्तै खालका कार्यक्रम गर्नेछौँ ।’

विक्रेता राजन ढुंगेलले सौर्य सिमेन्टले गरेको वृक्षारोपण हुर्काउने सुनिश्चितता देखेपछि हर्षित भएको बताए । कम्पनीले बढ्दो प्रदूषणलाई मध्यनजर राखेर आफ्नो क्षेत्रलाई प्रदूषणरहित र हरियालीयुक्त बनाउन अग्रसर रहेको जनाएको छ ।  

ad
ad