Skip This
सौर्य सिमेन्टको ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ योजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १o:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सौर्य सिमेन्टको ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १o:१७:oo

सौर्य सिमेन्टले ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ नामक हात खाली नजाने उपहार योजना ल्याएको छ । कम्पनीले ५० बोरा सौर्य सिमेन्ट खरिद गर्ने प्रत्येक ग्राहकलाई पाँच सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म पर्न सक्ने स्क्र्याच कुपनमा सुन्ना थपेर उपहार उपलध गराउने योजना ल्याएको हो ।

कम्पनीले पाँच सयदेखि १० हजार रुपैयाँसम्म उल्लेख गरिएको कुपन तथा शून्य उल्लेख भएका कुपन जारी गरेको जनाएको छ । जसअनुसार शून्य उल्लेख गरेको कुपन पाउने ग्राहकले अर्को पाँच सयदेखि १० हजार रुपैयाँसम्मको कुपनमा एउटा शून्य थपेर दश गुणासम्म रकम प्राप्त गर्न सक्ने जनाइएको छ । शून्यको कुपन एउटा मात्र थप्न पाउने, अर्थात् कुपनमा उल्लेख भएको रकमको दश गुणासम्म मात्र रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

यदि ग्राहकले शून्य उल्लेख भएको कुपन प्राप्त गरेमा अर्को कुपनमा उल्लेख भएको रकममा शून्य थपेर कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माणस्थलमै रकम प्रदान गरिने जनाइएको छ । योजना पुस ३० सम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल ४३ ग्रेड ओपिसी, ५३ ग्रेड ओपिसी, पिएससी र ५३ ग्रेड पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ । 
 

ad
ad