Skip This
एसियन छनोट फाइनल : नेपालले टस जितेर ब्याटिङ गर्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १९ आइतबार १o:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसियन छनोट फाइनल : नेपालले टस जितेर ब्याटिङ गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार १o:५७:oo

आइसिसी टी–२० विश्वकपमा स्थान बनाएका नेपाल र ओमानबीच आज एसियाली छनोटको फाइनलमा प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा ११ बजेबाट खेल सुरु भएको छ । नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपाल र ओमान दुवैको ध्यान च्याम्पियन बन्नेमा छ । नेपाल घरेलु समर्थकको साथ उपाधि घरमै राख्न चाहन्छ । साथै, समूह चरणको अन्तिम खेलमा व्यहोरेको पाँच रनको हारको बदला लिने सोचमा छ । 

कप्तान रोहितकुमार पौडेल च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रेका छन् । ओपनर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने सानदार प्रदर्शन गर्ने लक्ष्यमा छन् । 

आजको खेलमा दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्दै छन् । ऐरी घाइते भएका कारण आजको फाइनल खेल नखेल्ने भएका हुन् ।

टिकटको आधा रकम भूकम्पपीडितलाई 
नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पपीडितका लागि आर्थिक सहयोग गर्ने भएको छ । फाइनल खेलबाट बिक्री भएको ५० प्रतिशत टिकटको मूल्य भूकम्पपीडितलाई सहयोग गर्ने क्यानले घोषणा गरेको छ । क्यानले जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । भूकम्पमा परी सयौँ मानिसको मृत्यु भएको छ । यस्तै, घाइते हुनेको संख्या सयौँ पुगेको छ । क्यानले घाइते सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । शुक्रबार राति रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।