१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका नेपालगन्ज
२०८० कार्तिक १३ सोमबार १०:२५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपालगन्जवासीलाई निःशुल्क एम्बुलेन्स सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नेपालगन्ज
२०८० कार्तिक १३ सोमबार १०:२५:००

नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । नागरिकको स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत व्यवस्था गरेको छ । उपमहानगरपालिकाले गत १ साउनबाट सञ्चालन गरेको चौबीसै घन्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताए । 

उपमहानगरपालिकाभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपांगता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरबाट अस्पतालसम्म पुर्‍याउन निःशुल्क सञ्चालन गरिएको एम्बुलेन्स सेवा मातृशिशु मृत्युदर घटाउन प्रभावकारी भएको उनको भनाइ छ । उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताए । उनले भने, ‘चौबीसै घन्टा उपमहानगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स ‘स्ट्यान्डबाई’ रहन्छन्, हामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि बिरामीलाई समयमै अस्पताल पु¥याउने व्यवस्था गरेका छौँ ।’

सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै भएकाले उपमहानगरपालिकाले स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाले नगरका २३ वडालाई लक्षित गरेर वडा नम्बर ४ मा पहिलोपटक एकजना एमबिबिएस चिकित्सक र ल्याब टेक्निसियनसहित स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ । सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै हुँदै गएकाले शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक रूपमा स्वस्थ भए मात्र मानिस स्वस्थ हुने भएकाले स्वास्थ्य प्रवद्र्धनका लागि सबैले पैरवी गर्ने वेला आएको उनको भनाइ छ ।