यतिवेला दसैँमा मान्यजनबाट टीका लगाउनेहरूलाई हतारो छ । पर्याप्त संख्यामा सार्वजनिक यातायातहरू सञ्चालन नभएकाले यातायात व्यवसायीहरूले क्षमताभन्दा बढी यात्रु राखेर सवारीसाधन चलाइरहेका छन् ।
भित्र कोचिएर यात्रा गर्नुपर्ने मात्र होइन, छतमा बसेर तथा ढोकामा झुन्डिएर जोखिमपूर्ण यात्रा गरिरहेको दृश्य सडकमा जताततै देखिएको छ ।
सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा न्यून संख्यामा सवारीसाधन चलेकाले टीकाहारी जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका छन् ।