१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ७ मंगलबार
  • Saturday, 28 September, 2024
२o८o कार्तिक ७ मंगलबार १२:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

उपाधिका लागि नेपाल र युएई भिड्दै, कप्तान देवको शतकमा नेपालले युएईलाई दियो २८१ रनको लक्ष्य

एसिसी यूू-१९ प्रिमियर कप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक ७ मंगलबार १२:२१:oo

एसिसी यू– १९ प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई भिडिरहेका छन् । मलेसियामा जारी प्रतियोगिताको फाइनलमा टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै युएईलाई दुई सय ८१ रनको लक्ष्य दिएको छ । 

कप्तान देव खनालको कीर्तिमानी शतकमा नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८० रन बनाएको हो । नेपालका लागि उत्तम थापामगरले ५७ र ओपनर अर्जुन कुमालले ५५ रनको महत्वपूर्ण इनिङ खेले । दीपक डुम्रेले २८ रनको योगदान गरे । विकेटकिपर उत्तमले पहिलो खेलमै छाप छोडे । 

देवले ९२ बलमा नाै चौका र तीन छक्का प्रहार गर्दै एक सय रन बनाए । नेपालबाट यू– १९ मा सर्वाधिक तीन शतक बनाएका देवले जारी प्रतियोगितामा इरानविरुद्ध पनि शतक प्रहार गरेका थिए । 

खेलमा नेपालको सुरुवात भने राम्रो हुन सकेको थिएन । ओपनर दीपक बोहाेरा पाँच रनमै आउट भए । उनको स्थानमा आएका आकाश त्रिपाठी शून्य रनमै आउट भएपछि नेपाल संकटमा देखिएको थियो ।  तर, अर्जुन र देवले एक सय २५ रनको साझेदारी गरेपछि नेपाल खेलमा फर्किएको हो ।