मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २ बिहीबार o७:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आयातित विविधिता थोपर्न खोजियो : ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २ बिहीबार o७:१२:oo

एमाले अध्यक्ष केपी ओलीले नेपालमा सामाजिक सद्भाव र राष्ट्रिय एकता बिथोल्ने उद्देश्यले आयातित विविधता थोपर्न खोजिएको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार आयोजना गरेको ‘बडाभोज तथा शुभकामना’ कार्यक्रममा ओलीले त्यस्तो बताएका हुन् । ओलीले विविधतालाई विभेदको विषय नबनाई सामाजिक सद्भावसहित राष्ट्रिय एकता बलियो बनाउने काममा उपयोग गर्नुपर्नेसमेत बताए । 

‘अहिले नेपालमा केही आयातित विविधता थोपर्न खोजिएको छ, जुन कुरासँग हामी सतर्क हुनुपर्छ । आयातित विविधता बोकेर हिँड्न जरुरी छैन, हाम्रो विविधतालाई सम्मान गर्नुपर्छ,’ ओलीले भने । आफूलाई ठूलो र महान् देखाउन अनुशासनहीन, अराजक र असहिष्णु क्रियाकलाप बढिरहेको भन्दै त्यसलाई रोक्ने काममा जीवनभर अनुशासन र कर्तव्यपरायणमा पारंगत भएका भूतपूर्व सैनिक र प्रहरी परिचालित हुनुपर्नेमा ओलीले जोड दिए ।

‘समाजमा अहिले असहिष्णुता, अराजकता बढेको छ । त्यसले समाजमा पारस्परिक घृणा फैलाइरहेको छ । एकातिर राष्ट्रिय एकता कमजोर पार्ने काम भइरहेको छ, विभिन्न खाले संकीर्णता, गैरजिम्मेवार खालका अभिव्यक्तिले । अर्कातिर समाज विकृत र गैरजिम्मेवार भइरहेको छ । यस्तो अवस्थामा जिम्मेवारीबोध कसरी गराउने ? मान्छेलाई अनुशासित भएर कर्तव्यपालनमा कसरी सिकाउने ? अनुशासन, कर्तव्यपालना गरेर आएका भूतपूर्व सैनिक प्रहरीजति अरू कसैले यो काम गर्न सक्दैन,’ ओलीले भने ।