मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३० मंगलबार
  • Thursday, 19 December, 2024
२o८o असोज ३० मंगलबार o७:२५:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ३० मंगलबार o७:२५:oo

सञ्चालन सुरु भएको एक महिना नुपग्दै दु्रत बस सेवाको दुर्दशा देखिनुको कारण के होला ? 
यो दुर्दशा देखिएको होइन, हामीसँग संयम, रणनीति र सोच नभएको मात्र हो । दु्रत बस सेवा बन्द गर्नतिर लाग्नुभन्दा पनि यसको सिकाइ र मापदण्ड महत्वपूर्ण हो । आजसम्म केके सिकाइ भयो, अब कसरी अघि बढ्ने र यसलाई कसरी व्यवस्थित बनाउने भन्नेतर्फ चासो दिनुपर्छ । द्रुत बसलाई बन्द गर्ने होइन, सुधार र व्यवस्थापनतर्फ ‘होमवर्क’ गर्नु जरुरी छ । यस्तो बस सेवा आवश्यक पनि छ । 

भद्रगोल र असुरक्षित सार्वजनिक यातायात चाडबाडको वेला झनै भद्रगोल देखिने किन होला ? 
जनतालाई सुरक्षित यात्रा गराउने र गन्तव्यसम्म पुर्‍याउने दायित्व राज्यको हो । तर, राज्यको सार्वजनिक यातायातमा लगानी छैन । सार्वजनिक यातायातमा निजी क्षेत्रको लगानी र उसैको नियन्त्रण छ । दसैँ, तिहारमा अरू बेलाभन्दा बढी सवारी साधनको माग हुन्छ । यसको दीर्घकालीन समाधानका लागि राज्यले यातायातमा लगानी गर्नुपर्छ । विकल्पमा स्कुल बन्द हुँदा थन्किएका स्कुल र सरकारी कार्यालयका बस प्रयोग गर्न पनि सकिन्छ । 

सडकको दुर्दशाका कारण चाडबाडका वेला बढी हुने दुर्घटनामा कसरी रोकथाम गर्न सकिएला ? 
सडकको मर्मत सम्भारमा सरकारको ध्यान पुगेको छैन । निर्माणमा लगानी गर्न कस्सिने सरकारले नियमित मर्मत सम्भारमा ध्यान दिँदैन । खाल्डाखुल्डीरहित सडकबारे हाम्रो सोच नै छैन । अव्यवस्थित सडक पनि दुर्घटनाको कारक हो । सडकका खाल्डाखुल्डीका कारण दसैँमा घर फर्कने यात्रुले निकै सास्ती भोगिरहेका छन् । यसको सुधारमा राज्यको ध्यान जानु जरुरी छ ।