१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २१ आइतबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २१ आइतबार १६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

सिटिजन्स क्यापिटलको १२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २१ आइतबार १६:३१:oo

सिटिजन्स क्यापिटल लिमिटेड (साबिकको सिबिआइएल क्यापिटल लिमिटेड)को १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

ललितपुरको झम्सिखेलस्थित द लअनमा गत शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले आ.व. ०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित ०८० असार मसान्तको वासलात, नाफा–नोक्सानीको हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पनि पारित गरेको छ। साथै, आ.व. ०८०/८१ का लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण र स्वतन्त्र सञ्चालकहरूको नियुक्ति अनुमोदन गरेको छ।

सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अन्डर राइटर), सेयर रजिस्ट्रार तथा डिम्याट खाताजस्ता लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त गरी कार्यहरू गर्दै आइरहेको छ।

ad
ad
ad
ad